शुक्रबार, भदौ ५, २०८३

मंसिर ३-५ मा महाधिवेशन प्रतिनिधि चुन्दै राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी महाधिवेशनका लागि प्रतिनिधिहरूको छनौट मंसिर ३, ४ र ५ गते गर्ने भएको छ।
 |  बिहीबार, कात्तिक २५, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २५, २०७८

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी महाधिवेशनका लागि  प्रतिनिधिहरूको छनौट मंसिर ३, ४ र ५ गते गर्ने भएको छ। पार्टीका अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर जबरा र प्रकाशचन्द्र लोहनीको बैठकले यस्तो निर्णय हो।  

यस्तै पार्टीका सक्रिय सदस्यहरूको सदस्यता शुल्क बुझाउन कार्तिक २८ सम्मको समय दिइएको छ।  उक्त अवधिमा पनि शुल्क नबुझाउने व्यक्तिको सदस्यता स्वतः खारेज हुने राप्रपाको निर्णय छ।

बैठकले सक्रिय सदस्यहरूको सम्पूर्ण विवरण कात्तिक २९ गतेभित्रै केन्द्रीय निर्वाचन समितिलाई उपलब्ध गराउन पनि निर्देशन दिएको छ। 

यसैगरी, केन्द्रीय निर्वाचन समितिले कार्तिक ३० गते जिल्लाहरुमा सक्रिय सदस्यहरूको नामावली पठाउन पनि भनेको छ। 

सक्रिय सदस्यहरूको नामावलीमाथि दावीविरोध गर्न मंसिर १ र २ गतेको समय दिइएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय महाधिवेशन मंसिर ११ देखि १३ गतेसम्म गर्ने निर्णय यसअघि नै गरेको छ।

प्रकाशित: Nov 11, 2021| 16:39 बिहीबार, कात्तिक २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...