आइतबार, माघ ४, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • लिभरपुलका पूर्व कप्तान जेरार्ड एस्टोन भिल्लाको मुख्य प्रशिक्षक

लिभरपुलका पूर्व कप्तान जेरार्ड एस्टोन भिल्लाको मुख्य प्रशिक्षक

पूर्व खेलाडी एवम् प्रशिक्षक स्टेभेन जेरार्डले प्रिमियर क्लब स्टोन भिल्ला सम्हाल्ने भएका छन्।
 |  बिहीबार, कात्तिक २५, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २५, २०७८

काठमाडौं– पूर्व खेलाडी एवम् प्रशिक्षक स्टेभेन जेरार्डले प्रिमियर क्लब स्टोन भिल्ला सम्हाल्ने भएका छन्।

National life

एस्टन भिल्लाले बिहिबार जेरार्डलाई क्लबको मुख्य प्रशिक्षकमा नियुक्त गरेको जानकारी दिएको हो।

खेल जीवनमा लामो समय लिभरपुलमा बिताएका मिडफिल्डर जेरार्ड आफ्नो समयमा निकै चर्चित र लोकप्रिय खेलाडी हुन्। उनले लिभरपुल र इंग्ल्यान्डको राष्ट्रिय फुटबल टिमको कप्तानीसमेत गरेका थिए।

उनले लिभरपुललाई अप्रत्यासित उपाधि दिलाएका छन्। जेरार्डले २००१ मा लिभरपुललाई तीन घरेलु कपको उपाधि जित्न सहयोग गरेपछि उनी २००३ मा क्लबको कप्तान बनेका थिए।

त्यसपछि एक पटक ३–० गोलले पछि परेको अवस्थाबाट जेरार्डले लिभरपुललाई मिलानविरुद्ध जित दिलाएका थिए। ‘मिराकल एक स्तानबुल’ को नाममा आज पनि त्यहाँ खेलको चर्चा हुने गरेको छ।

Laxmi sunrise bank
kumari

उनेल खेलबाट संन्यास लिएपछि स्कटल्यान्डको शीर्ष डिभिजनका फुटबल क्लब एन्जर्स सम्हालिरहेका थिए। तर अहिले उनी एस्टोन भिल्लाको मुख्य प्रशिक्षकमा नियुक्त भएका हुन्।

भिल्लाले केहि दिनअघि मात्र प्रशिक्षक डिन स्मिथलाई बर्खास्त गरेको थियो। लगातार पाँच खेलमा हार बेहोरेपछि उनी बर्खास्तिमा परेका थिए।

प्रकाशित: Nov 11, 2021| 16:36 बिहीबार, कात्तिक २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।