बिहीबार, चैत १२, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • कोलम्बियालाई पेनाल्टीमा हराउँदै इङ्गल्याण्ड क्‍वाटरफाइनल प्रवेश

कोलम्बियालाई पेनाल्टीमा हराउँदै इङ्गल्याण्ड क्‍वाटरफाइनल प्रवेश

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौ-कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इङ्गल्याण्ड जारी विश्वकप फुटबलको क्‍वाटरफाइनलमा पुगेको छ । 

निर्धारित समय १-१ को बराबरी खेलेका दुवै टोलीले अतिरिक्त समयमा कुनै गोल गर्न नसक्दा नतिजा पेनाल्टी सुटआउटसम्म पुगेको थियो । पेनाल्टी सुटमा इङ्गल्याण्डले कोलम्बियालार्इ ४-३ गोल अन्तरले पराजित गरेको छ । 

खेलको ५७ औ मिनेटमा पेनाल्टी मार्फत गोल गरेको इङ्ल्याण्डले इञ्जुरी समयमा समालिन नसक्दा खेल १-१ को बराबरीमा पुग्यो । 

कप्तान ह्यारी केनलाई डीएरियाभित्र लडाएपछि पाएको पेनाल्टीमा ह्यारी केनले नै गोल गरेका थिए  । 

त्यसपछि कोलम्बियाले खेलको इञ्जरी समय अर्थात ९३ औ मिनेटमा आकर्षक कमव्याग गर्यो । कोलम्बियाका लागि सो गोल एरी. मिनाले गरेका हुन्। यो गोलसँगै खेल अतिरिक्त ३० मिनेटमा पुगेेको थियो । अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि पेनाल्टी सुटमा इङ्गल्याण्डले कोलम्बियालार्इ ४-३ गोल अन्तरले पराजित गरेको हो। 

 इङ्गल्याण्डको यो जीतसँगै इङ्गल्याण्ड, ब्राजिल, फ्रान्स, उरूग्वे, स्वीडेन, बेल्जियम,रसिया तथा क्रोएशियाले अन्तिम आठमा स्थान पक्का गरेका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।