काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाको राजीनामा माग गर्दै धर्ना दिन सर्वोच्च परिसर छिर्ने क्रममा आन्दोलनरत वकिल र प्रहरीबीच झडप भएको छ।
नेपाल बार एसोसिएसनका वकिलहरू नाराबाजी गर्दै धर्ना दिन सर्वोच्च अदालत परिसरमा जान खोजेपछि झडप भएको हो। झडपमा परी पाँच वकिल घाइते भएका छन्।
झडपमा प्रहरीको लठ्ठी प्रहारबाट बार महासचिव लिलामणि पौडेलसहित पाँच जना घाइते भएका छन्। भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे', चोलेन्द्रका मतियार होसियारलगायतका नारा लगाउँदै वकिलहरूले प्रदर्शन गरिरहेका छन्।