आइतबार, माघ ४, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • अपराजित पाकिस्तान र बलियो अस्ट्रेलियाबीच हुँदैछ दोस्रो सेमिफाइनल

अपराजित पाकिस्तान र बलियो अस्ट्रेलियाबीच हुँदैछ दोस्रो सेमिफाइनल

आईसीसी टी २० विश्वकपअन्तर्गत बिहीबार दोस्रो सेमिफाइनल खेल हुँदैछ। दुबई अन्तर्राष्ट्रिय रंगशालामा पौने ७ बजे हुने खेलमा पाकिस्तान र अस्ट्रेलिया फाइनल प्रवेशका लागि भिड्दैछन्।
 |  बिहीबार, कात्तिक २५, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २५, २०७८

काठमाडौं- आईसीसी टी २० विश्वकपअन्तर्गत बिहीबार दोस्रो सेमिफाइनल खेल हुँदैछ। दुबई अन्तर्राष्ट्रिय रंगशालामा पौने ७ बजे हुने खेलमा पाकिस्तान र अस्ट्रेलिया फाइनल प्रवेशका लागि भिड्दैछन्।

National life

प्रतियोगितामा पाकिस्तानले अहिलेसम्म हार बेहोरेको छैन। पहिले खेलमै छिमेकी प्रतिद्वन्द्वी भारतलाई हराएर विश्वकप सुरु गरेको पाकिस्तान अहिलेसम्म अपराजित छ।

जितको लयलाई निरन्तर राख्ने क्रममा पाकिस्तानले न्युजिल्यान्डलाई ५ विकेटले हरायो भने अफगानिस्तानविरुद्ध पनि पाँच विकेटकै जित निकाल्यो। पाकिस्तानले नामिबिया र स्कटल्यान्डलाई सहजै हरायो। नामिबियाविरुद्ध ४५ रनको जित निकाल्यो भने स्कटल्यान्डलाई ७२ रनले हरायो।

र, आजको दोस्रो सेमिफाइनल खेलमा पनि जित निकाल्दै पाकिस्तान फाइनलमा पुग्न चाहन्छ। ‘हामी दृढ आत्मविश्वासका साथ सेमिफाइनले खेल्नेछौं। दुबई विश्वको उत्कृष्ट रंगशाला हो। त्यहाँ समर्थकसँग खेल्दा अझै रमाइलो हुन्छ,’ पाकिस्तानका कप्तान बाबर अजामले सेमिफाइनल प्रवेशपछि भनेका थिए।

भरतलाई हराएर सुरु गरेको विश्वकपमा पाकिस्तानको एउटै लक्ष्य छ उपाधि जित्नु। त्यो किनेभने उसले टी २० विश्वकपको उपाधि २००९ यता जितेकै छैन। त्यसैले ऊ १२ वर्षपछि फेरि त्यो उपाधि आफ्नो नाम गराउने ध्याउन्नमा छ।

Laxmi sunrise bank
kumari

तर, लिग चरणमा बलियो प्रदर्शन गरेको अस्ट्रेलियालाई हराउनु पाकिस्तानका लागि धेरै चुनौती छ। यता, अस्ट्रेलिया आफैं विश्वकपको उपाधि जित्न चाहन्छ। यदि उसले जितेमा त्यो पाकिस्तानले जिते भन्दा धेरै ऐतिहासिक हुनेछ। किनभने अस्ट्रेलियाले अहिलेसम्म टी २० को उपाधि जितेकै छैन।

एक दशक अघि ऊ एकपटक फाइनलमा पुगेको मात्र हो। त्यहाँ उसले इंग्ल्यान्डसँग हार बेहोरेको थियो। २०१० को त्यो विश्वकप अघिपछि अस्ट्रेलिया कहिल्यै फाइनलमा पुगेन। त्यसैले यो पटक अस्ट्रेलिया फाइनल पुग्ने मात्र होइन उपाधि जित्ने दाउमा प्रतियोगितामा सहभागी बनेको छ।

जारी प्रतियोगितामा अस्ट्रेलियाले एक हार बेहोरिसकेको छ। त्यो हार उसले इंल्यान्डसँग बेहोरेको हो। हारबाट गुज्रिएर सेमिफाइनल पुगेको अस्ट्रेलिया अर्को हारबारे सतर्क छ। त्यसैले पनि आजको खेल धेरै रोमाञ्चक बन्ने विश्वास गरिएको छ।

प्रकाशित: Nov 11, 2021| 11:55 बिहीबार, कात्तिक २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।