काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज पनि ९ वटा इजलास तोकेका छन्। उनले आफूसहितका ९ वटा इजलास तोक्दै १७७ वटा मुद्दाको पेसी राखारेका छन्।
राणाले आफ्नो एकल इजलासमा मात्रै ६ वटा मुद्दा पेसीका लागि राखेका छन्। तीनजना न्यायाधीशको उनले पूर्ण इजलास तोकेका छन्।
प्रधानन्यायाधीश राणाले न्यायाधीश दीपकुमार कार्की र प्रकाशमान सिंह राउतको इजलासमा २६, मीरा खडका र तेजबहादुर केसीकोमा २८, हरिकृष्ण कार्की, आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाकोमा ३४, विश्वम्भरप्रसाद श्रेष्ठ र नहकुल सुवेदीकोमा २६, विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा २, वमकुमार श्रेष्ठ र कुमार रेग्मीकोमा २७, प्रकाशकुमार ढुंगाना र कुमार चुडालको इजलासमा २४ र नहकुल सुवेदीको एकल इजलासमा ४ वटा मुद्दाको पेसी तोकेका छन्।
प्रधानन्यायाधीश राणाविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनले भने बिहीबार पनि आन्दोलनलाई निरन्तरता दिएको छ।
जबराको राजीनामाको माग गर्दै दोस्रो चरणको आन्दोलनको घोषणा गरेको बारले आज सर्वोच्च अदालतसहित काठमाडौं उपत्यकामा रहेका विशेष, उच्च र जिल्ला अदालसँगै न्यायाधिकरणमा दुई घण्टा धर्ना दिँदै छ।
बिहान १० बजेदेखि १२ बजेसम्म कालोपट्टी बाँधेर अदालत र न्यायाधिकरणमा धर्ना दिइने बारका महासचिव लीलामणि पौडेलले जानकारी दिए।