काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनले बिहीबार पनि आन्दोलनलाई निरन्तरता दिएको छ।
जबराको राजीनामाको माग गर्दै दोस्रो चरणको आन्दोलनको घोषणा गरेको बारले आज सर्वोच्च अदालतसहित काठमाडौं उपत्यकामा रहेका विशेष, उच्च र जिल्ला अदालसँगै न्यायाधिकरणमा दुई घण्टा धर्ना दिँदै छ।
बिहान १० बजेदेखि १२ बजेसम्म कालोपट्टी बाँधेर अदालत र न्यायाधिकरणमा धर्ना दिइने बारका महासचिव लीलामणि पौडेलले जानकारी दिए।
यसअघि बारले सर्वोच्च अदालत परिसरमा प्रदर्शन र धर्ना दिँदै आएको थियो। बारले आफ्नो आन्दोलनलाई थप सशक्त बनाउँदै लगेको छ।