काठमाडौं- नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बोलाएको न्यायपरिषद् बैठकमा नजान परिषद् सदस्यलाई अनुरोध गरेको छ।
बारका महासचिव लिलामणि पौडेलले पत्र लखेर परिषद्का सदस्यहरूलाई बैठक अवज्ञा गर्न आग्रह गरेका छन्। प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै आन्दोलनरत रत बारले प्रधानन्यायाधीशले बोलाएको बैठक अवज्ञा गरेर सहयोग गरिदिन आग्रह गरेको हो।
‘न्यायिक जगत मात्र नभई आमा नागरिक समेतको विश्वास गुमाएका प्रधानन्यायाधीशले न्याय परिषद्को बैठक डाकी थप विकृति, विसंगतिजन्य कार्य गर्ने, गर्न लगाउने टड्कारो आंशका रहेकाले नीजले डोकेको न्याय परिषद् बैठकमा उपस्थित नभई अवज्ञा गर्न र विकृति, विसंगति, बिचौलिया, भ्रष्टाचारमुक्त न्यायपालिका बनाउने नेबाएको अभियानमा सहयोग पुर्याइदिन अनुरोध गरिन्छ,’ महासचिव पौडेले लेखेको पत्रमा भनिएको छ।
महासचिव पौडेलले परिषद् सदस्य कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री, न्यायाधीश दीपककुमार कार्की, वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठ र वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारीलाई पत्र लेखेर प्रधानन्यायाशीले बोलाएको बैठक अवेज्ञा गर्न आग्रह गरेका हुन्।