बुधबार, जेठ २०, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • पदाधिकारीलाई कामकाजमा रोक लगाएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीको विरोध

पदाधिकारीलाई कामकाजमा रोक लगाएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीको विरोध

उपकुलपति र रजिष्ट्रारलाई कामकाज गर्न रोक लगाएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीले विरोध गरेका छन्। प्रतिष्ठानका ८० भन्दा बढी कर्मचारीले हस्ताक्षर गर्दै विरोध गरेका हुन्।
 |  बिहीबार, कात्तिक २५, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २५, २०७८

काठमाडौं- उपकुलपति र रजिष्ट्रारलाई कामकाज गर्न रोक लगाएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीले विरोध गरेका छन्।  प्रतिष्ठानका ८० भन्दा बढी कर्मचारीले हस्ताक्षर गर्दै विरोध गरेका हुन्। 

National life

कर्मचारीले प्रतिष्ठानलाई अगाडि बढ्न नदिनका लागि सुनियोजिन षड्यन्त्रका रुपमा काम गर्न नदिएको भन्दै ८८ जना कर्मचारीको हस्ताक्षरसहितको विज्ञप्ति जारी गरेका छन्। 

प्रतिष्ठानमाथिको हस्तक्षेप बन्द नगरे संघर्षका कार्यक्रम सहित अगाडि बढ्ने चेतावनी विज्ञप्तीमार्फत दिइएको छ। 

विज्ञप्तीमा भनिएको छ, ‘उपकुलपति, रजिष्ट्रार लगायत अन्य पदाधिकारीहरूलाई अर्को निर्णय नभए सम्मका लागि नियुक्त भएको पदको हैसियतले कामकाज नगर्न नगराउनु हुन भनि निर्देशन आएको र हाल एमबिबिएस, बिएनएस, बिफार्म लगायत अन्य शैक्षिक कार्यक्रमहरु संचालन हुने अन्तिम चरणमा आईपुग्दा राजनीतिक दाउपेज र राज्यबाट भइरहेको हस्तक्षेपका कारणले प्रतिष्ठानलाई अगाडि बढ्न नदिनका लागि गरिएको सुनियोजित षड्यन्त्रका रुपमा हामीले लिएका छौं।’

प्रतिष्ठानलाई सहि दिशामा अगाडि बढाउन र प्रतिष्ठानलाई थप उचाईमा पुर्‍याउन कर्मचारीहरुको माग छ। समयमानै सम्बोधन नभएमा प्रतिष्ठान परिवार संघर्षका कार्यक्रमसहित अगाडी आउन बाध्य हुने बताइएको छ। 

Shivam cement

प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले मंगलबार प्रतिष्ठानका उपकुलपति डा मंगल रावल र रजिष्ट्रार नृपेन्द्र महतलाई दैनिक कामकाज गर्न रोक लगाउने निर्णय गरेका थिए। उक्त निर्णय अनुसारको पत्र प्रतिष्ठानमा पुगिसकेको छ। सोही पत्रपछि प्रतिष्ठानका कर्मचारीले आज विज्ञप्ति निकालेका हुन्। 

प्रकाशित: Nov 11, 2021| 09:05 बिहीबार, कात्तिक २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।