सोमबार, असार २२, २०८३

सेमिफाइनलमा न्युजिल्यान्डले इंग्ल्यान्डलाई हरायो

टी २० विश्वकपअन्तर्गत बुधबार रातिको पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डले इंग्लयान्डविरुद्ध पाँच विकेटको जित निकालेको छ।
 |  बिहीबार, कात्तिक २५, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २५, २०७८

काठमाडौं– टी २० विश्वकपअन्तर्गत बुधबार रातिको पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डले इंग्लयान्डविरुद्ध पाँच विकेटको जित निकालेको छ।

मिचेल स्टार्कले ४७ बलमा अविजित रहँदै ७२ रन बनाएपछि त्यसैको सहयोगमा न्युजिल्यान्डले इंग्ल्यान्डलाई हराएको हो।

अबुधाबीमा सम्पन्न खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले पुरा ओभर खेल्दै चार विकेट गुमाएर १६६ रन बनाएको थियो। जवाफमा ६ बल बाँकी रहँदै न्युजिल्यान्डले पाँच विकेट गुमाएर १६७ रनको लक्ष्य पुरा गर्‍यो।

जवाफमा न्युजिल्यान्डका स्टार्कले ४७ बलमा चार चौका र चार छक्काको सहयोगमा ७२ रन बनाए। उनीबाहेक डेभोन कन्वेले पनि ४६ रनको पारी खेले। इंग्ल्यान्डका क्रिस भोक्स र लियम लिविन्स्टोमले समान २/२ विकेट लिए भने आदिल रशिदले पनि एक विकेट गिराए।

त्यसअघि इंग्ल्यान्डका मोइन अलीले अविजित ५१ रन बनाउँदा जोस बटलरले २९ र डविड मलनले ४१ रन जोडे। बलिङतर्फ न्युजिल्यान्डका टिम साउथी, एडम मिल्न, इश सोधि र जेम्स निशामले समान १/१ विकेट गिराए।

यो जितसँगै न्युजिल्यान्ड विश्वपको फाइनलमा पुगेको छ भने इंग्ल्यान्ड बाहिरिएको छ। दुबई रंगशालामा हुने आजको खेलमा पाकिस्तानले अस्ट्रेलियाको सामना गर्नेछ।

प्रकाशित: Nov 11, 2021| 07:10 बिहीबार, कात्तिक २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।