शनिबार, मंसिर १३, २०८२

पाल्पा बुटवल सडकखण्ड पन्ध्र दिन बन्द

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा बुटवल सडकखण्ड १५ दिन बन्द गरिएको छ।
 |  बुधबार, कात्तिक २४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २४, २०७८

National life
Laxmi sunrise bank
kumari

बुटवल– सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा बुटवल सडकखण्ड १५ दिन बन्द गरिएको छ। सो राजमार्गको पाल्पा तानसेन बुटवल सडकखण्ड बिस्तार गर्नुपर्ने भएको हुँदा रातको समयमा १५ दिन सडक बन्द गरेर काम गरिँदैछ। कात्तिक २२ गतेदेखि मङ्सिर ६ गतेसम्म हरेक दिन बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सडक बन्द हुने जनाइएको छ। दोभान प्रहरी चौकी आसपासमा सडक चौडा गर्न रातको समयमा सडक पूर्णरुपमा बन्द गरिएको हो। 

दिउँसोको समयमा सवारी चाप बढी हुने भएकाले रातको समयमा काम गर्न लागिएको सडक डिभिजन पाल्पाका डिभिजन प्रमुख रामेश्वर लम्सालले जानकारी दिए। 

प्रकाशित: Nov 10, 2021| 23:55 बुधबार, कात्तिक २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।