आइतबार, माघ ४, २०८२

प्युठानमा पहिलो पटक बन्यो जिल्ला क्रिकेट संघ

मंगलबार प्यूठानको जुम्रीमा एक कार्यक्रमकाबीच तेजबहादुर पुनको अध्यक्षतामा प्युठानमा तदर्थ समिति गठन भएको हो।
 |  बुधबार, कात्तिक २४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २४, २०७८

काठमाडौं- प्युठानमा पहिलो पटक जिल्ला क्रिकेट संघ तदर्थ समिति गठन भएको छ। मंगलबार प्यूठानको जुम्रीमा एक कार्यक्रमकाबीच तेजबहादुर पुनको अध्यक्षतामा प्युठानमा तदर्थ  समिति गठन भएको हो।

National life

तदर्थ समितिमा पुनको अध्यक्षतामा ११ सदस्य जिल्ला क्रिकेट संघ तदर्थ समिति निर्विरोध रूपमा गठन भएको छ। 

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्याम बहादुर थापाको अध्यक्षतामा बसेको बैठकले ११ सदस्य तदर्थ समिति गठन गर्यो। निर्विरोध रुपमा गठन भएको समितिको उपाध्यक्षमा सन्दीप श्रेष्ठ, सचिवमा जीवन खनाल र कोषाध्क्षमामा आशिष श्रेष्ठ छन्।

त्यस्तै सदस्यहरुमा महेन्द्र वि.क, उमेश घर्तिमगर, मिलन राना, गणेश गिरी, किरण बुढामगर, अमित थापा मगर र हुकुम परियार रहेका छन्।

दुई दशक देखि क्रिकेटका गतिविधिमा सक्रिय  पनि प्युठानमा जिल्ला संघ बन्न सकेको थिएन। त्यसैले क्रिकेट प्रतियोगिता भए पनि संघ नहुँदा ति सबै खेल जिल्लामै सिमित भएका थिए। तर अब प्युठानलाई नेपाल किकेट संघ (क्यान) को जिल्ला सदस्यता पाउनको लागि बाटो खुलेको छ।

Laxmi sunrise bank
kumari

प्यूठानमा ७ गाउँपालिका र २ नगरपालिका रहेका छन्। सबै स्थानीयतहमा क्रिकेट सक्रिय रूपमा रहँदै आएका छन्। गतवर्ष प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताको लागि प्रदेश खेलाडी छनोट प्रतियोगिता खेल्न प्युठानले दाङसँग तीन मैत्रीपूर्ण सिरिज खेलेको थियो।

प्रकाशित: Nov 10, 2021| 14:00 बुधबार, कात्तिक २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।