शुक्रबार, भदौ ५, २०८३

कांग्रेसको ७७ जिल्लामै टुंगियो क्रियाशील सदस्यता विवाद

नेपाली कांग्रेसले ७७ वटै जिल्लाको क्रियाशील सदस्यता टुंगो लगाएको छ।
 |  बुधबार, कात्तिक २४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २४, २०७८

काठमाडौं- नेपाली कांग्रेसले ७७ वटै जिल्लाको क्रियाशील सदस्यता टुंगो लगाएको छ।

बुधबार केन्द्रीय निर्वाचन समितिले रौतहट जिल्लाको क्रियाशील सदस्य नामावली सार्वजनिक गरेको छ। यससँगै ७७ वटै जिल्लाको क्रियाशील सदस्यको नामावली सार्वजनिक भएको छ। 

महाधिवेशनको पक्रिया सुरु भए पनि ७७ वटै जिल्लाको सदस्यता विवाद मिल्न सकेको थिएन। जसका कारण विवादित जिल्लाका नेता-कार्यकर्ता आन्दोलित बनेका थिए। क्रियाशील सदस्यता विवाद ढिलोगरी समाधान भएका जिल्लामा कात्तिक २७ देखि महाधिवेशनका कार्यक्रम सुरु हुनेछन्। 

यसअघि ६४ जिल्लामा वडा अधिवेशन भएको छ भने १३ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ। कांग्रेसले आगामी मंसिर २४ देखि २६ गतेसम्म १४औं महाधिवेशन सम्पन्न गर्नेगरी कार्यतालिका ल्याएको छ। 

प्रकाशित: Nov 10, 2021| 12:57 बुधबार, कात्तिक २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...