शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • संविधान र कानुनी अधिकारअनुसार बेन्च सञ्चालन गर्छु : प्रधानन्यायाधीश जबरा

संविधान र कानुनी अधिकारअनुसार बेन्च सञ्चालन गर्छु : प्रधानन्यायाधीश जबरा

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूले राजीनामा नदिने अडान दोहोर्‍याएका छन्।
 |  मंगलबार, कात्तिक २३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २३, २०७८

काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूले राजीनामा नदिने अडान दोहोर्‍याएका छन्। संविधान र कानुनले दिएका अधिकार प्रयोग गरी सर्वोच्च अदालत सञ्चालन गर्ने तर राजीनामा नदिने अडान प्रधानन्यायाधीशले पुनः दोहोर्‍याएका हुन्। 

काननु व्यवसायी हकहित संरक्षण तथा शुद्धीकरण अभियानको ज्ञापनपत्र बुझ्दै प्रधानन्यायाधीशले यस्तो बताएका हुन्।

अभियानका संयोजक अधिवक्ता शिव अर्यालले न्यायपालिकामा देखिएको संकटबारे आफू जानकार भएकोसमेत प्रधानन्यायाधीशले बताएका थिए। 'संविधानबमोजिम मेरो नियुक्ति भएको हो। संविधानबमोजिम नै बहिर्गमन हुन चाहन्छु,' प्रधानन्यायाधीश जबरालाई अभियानका अधिवक्ताहरूसँग भनेका थिए, 'मलाई नेपालको संविधान र न्याय प्रशासन ऐनमा जुन अधिकार छ त्यो प्रयोग गरेर बेन्च सञ्चालन गर्छु।'

नेपाल बार एसोसिएसनले जबराको राजीनामा माग्दै दोस्रो चरणको विरोध कार्यक्रम गरिरहेको छ।

प्रकाशित: Nov 09, 2021| 19:20 मंगलबार, कात्तिक २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...