काठमाडौं- रुसमा जारी विश्वकपमा मंगलबार शीर्ष १६ का अन्तिम दुर्इ खेल हुँदै छन्। दुई खेलमध्ये पहिलो विश्वकपमा राम्रो प्रदर्शन गरेका स्वीडेन र स्विट्जरल्यान्डबीचको खेल शुरु भएको छ।
खेल रुसको सेन्ट पिटर्सबर्गस्थित रेस्टोभस्की स्टेडियममा शुरु भएको हो।
समूह चरणमा राम्रो प्रदर्शन गरेको स्वीडेनले स्विट्जरल्यान्डविरुद्ध पनि त्यस्तै प्रदर्शन दोहोर्याउने अनुमान गर्न सकिन्छ। स्वीडेन समूह 'एफ' को विजेताका रुपमा नकआउट चरणमा पुगेको टोली हो।
दक्षिण कोरियालाई १-० ले हराउँदै विश्व कपको यात्रा शुरु गरेको स्वीडेन अर्को खेलमा साविक विजेता जर्मनीसँग २-१ ले पराजित भएको थियो । तर, समूह चरणको अन्तिम खेलमा मेक्सिकोलाई ३-० ले हराउँदै टोली समूह विजेता बन्न सफल भएको थियो।
उता समूह इ बाट उपविजेतका रुपमा स्विट्जरल्यान्ड अघि बढेको थियो। पहिलो खेलमा ब्राजिललाई १-१ मा रोक्दै राम्रो सुरुवात गरेको स्विट्जल्यान्डले दोस्रो खेलमा सर्बियालाई २-१ ले हराएको थियो। समूह चरणको अन्तिम खेलमा २-२ गोलको बराबरीमा रोकिएपनि टोली ५ अंकसहित नकआउट चरणमा पुगेको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४