काठमाडौं- सरकारले राजनीतिक भागबन्डा तीन वटा प्रदेशका प्रदेश प्रमुख फेर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख फेर्ने निर्णय गरेको हो।
प्रदेश नम्बर १ मा परशुराम खापुङ, सुदूरपश्चिम प्रदेशमा देवराज जोशी, कर्णालीमा तिलक परियारलाई प्रदेश प्रमुख बन्न लागेका हुन्। खापुङ जसपाका नेता हुन् भने परियार माओवादीका भागबाट प्रदेश प्रमुख भएका छन्। यस्तै जोशी कांग्रेसको भागबाट प्रदेश प्रमुख बनेका हुन्।
परियार यसअघि प्रदेश २ को प्रदेश प्रमुख थिए। सरकारले बागमती, प्रदेश २, गण्डकी र लुम्बिनीका प्रदेश प्रमुख फेरिसकेको छ।
सरकारले तीनै जनालाई प्रदेश प्रमुख नियुक्तिको लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको जनाएको छ।