बुधबार, भदौ १७, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • टी–२० विश्वकप : क्षतविक्षत भारतीय टिमदेखि अपराजित पाकिस्तानसम्म

टी–२० विश्वकप : क्षतविक्षत भारतीय टिमदेखि अपराजित पाकिस्तानसम्म

भारतीय कप्तान विराट कोहली र प्रशिक्षक रवि शास्त्रीले सम्हालेको अन्तिम प्रतियोगिता निराशाजनक बन्यो।
 |  मंगलबार, कात्तिक २३, २०७८

विनय सापकोटा

विनय सापकोटा

मंगलबार, कात्तिक २३, २०७८

काठमाडौं- यो वर्षको टी-२० विश्वकप भारतका लागि बिर्सनलायक रह्यो। भारतीय कप्तान विराट कोहली र प्रशिक्षक रवि शास्त्रीले सम्हालेको अन्तिम प्रतियोगिता निराशाजनक बन्यो। प्रतियोगिता सकिएपछि प्रशिक्षक शास्त्रीले भने, ‘भारतीय खेलाडीहरु थकित थिए। त्यसैले जित निकाल्न सकेनौं।’ भारतको निकट प्रतिद्वन्दी पाकिस्तानको प्रदर्शन भने तारिफयोग्य रहेको थियो।

सोमबार राति समूह चरणको खेल सकिँदासम्मको तालिकामा भने पाकिस्तान अपराजित छ। उसले समूह चरणको पहिलो खेलमै भारतलाई १० विकेटले हराएर विश्वकपमा सानदार सुरूआत गरेको थियो। जितको लयलाई निरन्तर राख्ने क्रममा पाकिस्तानले न्युजिल्यान्डलाई ५ विकेटले हरायो भने अफगानिस्तानविरुद्ध पनि ५ विकेटकै जित निकाल्यो। पाकिस्तानले नामिबिया र स्कटल्यान्डलाई सहजै हरायो। नामिबियाविरुद्ध ४५ रनको जित निकाल्यो भने स्कटल्यान्डलाई ७२ रनले हरायो।

ती जितसँगै पाकिस्तान पाँच खेलमा सतप्रतिशत अंक जोडेर सुपर १२ को समूह २ अन्तर्गत शीर्षस्थानमा छ। उसले एक खेल अगावै सेमिफाइनलमा स्थान बनायो। र, अब पाकिस्तानले बिहीबार हुने पहिलो सेमिफाइनल खेलमा अस्ट्रेलियाको समना गर्दैछ।

‘हामी दृढ आत्मविश्वासका साथ सेमिफाइनले खेल्नेछौं। दुवई विश्वको उत्कृष्ट रंगशाला हो। त्यहाँ समर्थकसँग खेल्दा अझै रमाइलो हुन्छ,’ पाकिस्तानका कप्तान बाबर अजामले सेमिफाइनल प्रवेशपछि भनेका छन्। पाकिस्तानको यी यात्रमा उनीसँगै सोएब मलिकको योगदान अविस्मरणीय रह्यो।

समूह १ को शीर्षस्थानमा थियो, इंग्ल्यान्ड। बलियो टिम अस्ट्रेलियालाई हराए पनि उसले दक्षिण अफ्रिकाविरुद्ध १० रनको हार बेहार्‍यो।

जारी विश्वकपमा उपाधि दाबेदार टिममा पर्छ अस्ट्रेलिया। उसले समूह १ मा रहेर विश्वकप यात्रा तय गर्‍यो। त्यहाँ अस्ट्रेलियासँगै सेमिफाइनल यात्रामा थिए दक्षिण अफ्रिका, श्रीलंका, वेस्ट इन्डिज र बंगलादेश। अस्ट्रेलियाले यी सबै टिमविरुद्ध जित निकाल्यो। तर इंग्ल्यान्डसँग भने हार बेहोर्‍यो। र, ५ खेलमध्ये ४ खेलमा जित निकाल्दै ८ अंक जोडेर समूह १ को दोस्रो स्थानमा चित्त बुझाउनु पर्‍यो। त्यसैले उसले समूह २ को शीर्षस्थानको टिमसँग खेल्नुपरेको हो।

त्यस्तै, समूह १ को शीर्षस्थानमा थियो, इंग्ल्यान्ड। बलियो टिम अस्ट्रेलियालाई हराए पनि उसले दक्षिण अफ्रिकाविरुद्ध १० रनको हार बेहार्‍यो। त्यसबाहेक श्रीलंका, बंगलादेश र वेस्ट इन्डिजलाई हराएर ८ अंक जोड्यो। नेट रन रेटमा भाग्यमानी बन्दै इंग्ल्यान्डले पनि एक खेल अगावै सेमिफाइनलमा स्थान बनाएको थियो।

समूह १ मा समान ८ अंक बनाएको दक्षिण अफ्रिकाको नेट रन रेट इंग्ल्यान्ड र अष्ट्रेलियाको भन्दा थोरै भएपछि उसले सेमिफाइनल खेल्न पाएन। त्यसैले अब बुधबार हुने सेमिफिाइनलमा समूह १ को विजेता इंग्ल्यान्डले समूह २ को उपविजेता न्युजिल्यान्डसँग खेल्नेछ।

यी दुई टिमले सन् २०१९ को एक दिवसीय विश्वकपको फाइनलमा पुगेका टिम हुन्। त्यो फाइनल खेल विश्व क्रिकेटमा सम्झनलायक छ। किनभने, त्यो फाइनलमा बराबरी भएपछि खेल सुपर ओभरमा धकेलिएको थियो। तर सुपर ओभर पनि बराबरी भएपछि खेलको निर्णय छक्का र चौका प्रहारबाट लिइयो। त्यस आधारमा इंग्ल्यान्ड विजयी भयो।


त्यसैले त्यो फाइनलको बदला लिने दाउमा छ, न्युजिल्यान्ड। तर न्युजिल्यान्डका मुख्य प्रशिक्षक ग्यारी स्टिड भने त्यो नाटकीय नतिजाले आउँदो बुधबारको खेलमा प्रभाव नपर्ने बताउँछन्। उनी भन्छन्, ‘मैले यो विश्वकपमा त्यो विश्वकपको कुरा सुनेको छैन। मेरा खेलाडीहरु फेरि इंग्ल्यान्डको सामना गर्न तयार छन्। इंग्ल्यान्ड निकै बलियो टिम छ।’ त्यो फाइनल खेलेका इंग्ल्यान्डका ८ खेलाडी अहिले पनि टिममा छन्। यद्यपि ज्यासन रोय र लकी फग्र्युसनले आउँदो खेल गुमाउनेछन्।

त्यसपछि न्युजिल्यान्डले विश्वकप टेस्ट च्याम्पियनसिपको पनि फाइनल खेलिसकेको छ। त्यसमा उसले भारतलाई हराएको हो। त्यसपछि न्युजिल्यान्ड टी-२० क्रिकेटको उपाधिबाट दुई खुड्किला टाढा छ।

उसले समूह चरणमा हराउन नसकेको नै पाकिस्तानलाई मात्र हो। त्यसबाहेकका भारत, अफगानिस्तान, नामिबिया र स्कटल्यान्डलाई न्युजिल्यान्डले हराएको छ। त्यसँगै उसले समूह २ मा ८ अंक जोडेर बाहिरियो।

जो सेमिफाइनल पुगेनन्

सेमिफाइनल नपुगेर चर्चामा रहेको टिम हो, भारत। भारत किन सेमिफाइनल पुगेन भनेर धेरै चर्चा गरिएको छ। यो प्रतियोगिताबाट विराट कोहलीले कप्तानी छोडेका छन् भने बीसीसीआईले मुख्य प्रशिक्षकमा रवि शास्त्रीलाई हटाएर राहुल द्रविडलाई नियुक्त गरेको छ।

यता, बलियो भएर पनि अन्तिम ८ मा नपुगेको अर्को टिम हो दक्षिण अफ्रिका। जसले शीर्ष दुई टिम अष्ट्रेलिया र इंग्ल्यान्डसँग अंक बराबरी (समान ८-८ अंक) गरे पनि नेट रन रेटमा पछि पर्दै समूह १ को तेस्रो स्थानमा रह्यो। र, समूह चरणबाटै बाहिरियो।

समूह १ कै वेस्ट इन्डिजले भने चार खेलमा हार बेहार्यो, एक जित निकाल्यो। श्रीलंकाले तीन खेलमा हार बेहार्यो र बंगलादेशले भने कुनै पनि खेलमा जित निकाल्न सकेन। समूह २ मा स्कटल्यान्डले पनि कुनै खेलमा जित निकाल्न सकेन। नामिबियाले पनि स्कटल्यान्डबाहेक सबै टिमसँग हार बेहार्यो।

दुई जित र तीन हार बेहोरेको अफगानिस्तान पनि ४ अंक जोड्दै समूहको तेस्रो स्थानमा रह्यो। तेस्रो स्थानमा रहेको भारतले ६ अंक जोड्न सक्यो।

प्रकाशित: Nov 09, 2021| 15:02 मंगलबार, कात्तिक २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।