बुधबार, वैशाख १०, २०८२

तिहारपछि सुदूरपहाडमा जात्राको रौनक

नेपालीहरूको दोस्रो ठूलो चाड तिहारसँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा जात्राको रौनक सुरू भएको छ।
 |  मंगलबार, कात्तिक २३, २०७८
nespernesper

रासस

रासस

मंगलबार, कात्तिक २३, २०७८

vianetvianet

बैतडी- नेपालीहरूको दोस्रो ठूलो चाड तिहारसँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा जात्राको रौनक सुरू भएको छ। बैतडीसहित दार्चुला, डडेल्धुरालगायत जिल्लामा कात्तिक शुक्ल पक्षको सुरूआतसँगै जात्राको रौनक सुरू भएको हो। भाइटीकाका दिनदेखि सुरू भई कात्तिक शुक्ल पूर्णिमासम्म विभिन्न मठमन्दिरमा जात्रा लाग्ने गर्दछ।

triton college

कात्तिक शुक्ल पक्षमै  बैतडीका प्रसिद्ध त्रिपुरासुन्दरी भगवती, बाह्र ज्योर्तिलिङ्गमध्येको केदारनाथ भनेर चिनिने रौलाकेदार, मेलौली भगवती, सुर्नयास्थित भवानी, शिवनाथ, महारुद्र, पुर्चौडीस्थित त्रिवेणीधाम (राताशीला) र दोगडाकेदारमा रहेको भिटाकेदार मन्दिरमा जात्रा लाग्ने गर्दछ। 

राष्ट्रकै सातौँ धामका रूपमा रहेको दार्चुलास्थित  मालिकार्जुन धाम, लटिनाथलगायत मन्दिरमा र  डडेल्धुराको उग्रतारा र भागेश्वरलगायत मन्दिरमा पनि कात्तिक शुक्ल पक्षमै मेला लाग्ने गर्दछ। 

यसैगरी बैतडीको त्रिपुरासुन्दरी भगवती मन्दिर, रौलाकेदार, शिवनाथ, महारुद्रलगायत मन्दिरमा कार्तिक शुक्ल अष्टमीका दिन, भिटाकेदार मन्दिरमा  नवमीका दिन र मेलौली भगवती, भवानी, उग्रतारालगायत मन्दिरमा पूर्णिमाका दिन जात्रा लाग्ने गर्दछ। 

यसैगरी मालिकार्जुन धाममा कार्तिक शुक्ल चर्तुदर्शीका दिन जात्रा लाग्ने गर्दछ। परापूर्वकालदेखि नै कार्तिक शुक्ल पक्षमा देवीदेवताहरुको पूजाआजा गर्ने चलन रहिआएको संस्कृतिका जानकार जयानन्द भट्टले बताए। शरद ऋतु देवीदेवताको पूजाआजा गर्ने समय भएकाले सुदूरपहाडस्थित  विभिन्न जिल्लाका शक्तिपीठमा जात्रा लाग्ने गरेको हो। 

National life insurance

यो समयमा लाग्ने जात्रामा टाढा-टाढाका श्रद्धालुसमेत आउने गरेको स्थानीयवासी गङ्गासागर जोशीले बताए। भाइटीकाका दिनदेखि सुरू भई करिब १५ दिनसम्म विभिन्न ठाउँका मन्दिरमा लाग्ने भएकाले जात्राको ऐतिहासिक एवं धार्मिक महत्व बढ्नाका साथै आफन्त एवं इष्टमित्रसँग भेटघाट गर्ने अवसरका रूपमा लिने गरिन्छ।

देशका अन्य भागका साथै यो क्षेत्रमा नवरात्रिको बेला मन्दिरमा पूजाआजा हुनाका साथै कात्तिक शुक्ल पक्षमा पनि  धेरै जात्रा तथा मेला हुने गरेको छ। स्थानीय भाषामा गुटे नवरात्र भनेर कार्तिक शुक्ल पक्षलाई लिइने गरिएको पण्डित दयाकृष्ण पन्तले जानकारी दिए। जिल्लामा रहेका विभिन्न मन्दिरमा रात्रि जात्रा सुरू भएसँगै चहलपहल पनि बढेको छ। 

यहाँका जात्रामा सीमावर्ती भारतीय दर्शनार्थीसमेत आउने गरेका छन्। जात्रामा सहभागी हुनका लागि बसाइँसराइ गरेर गएकासमेत गाउँमा फर्किएकाले यहाँको चहलपहल बढेको दोगडाकेदार गाउँपालिका-३ श्रीकोटका गणेश विष्टले बताए। 

उनले भने, ‘जात्रामा दर्शनका लागि टाढा रहेका पनि आउने गरेकाले भेटघाट हुनाका साथै पारिवारिक र सामाजिक सम्बन्ध बलियो हुने गर्दछ, गाउँबाट बसाइँ सरेका पनि गाउँ फर्कने भएकाले निकै चहलपहल बढेको छ।’ कात्तिक शुक्ल पक्षमा मन्दिर तथा शक्तिपीठमा लाग्ने जात्रालाई सामाजिक सम्बन्धको पर्वका रूपमा समेत लिइने गरिन्छ।  


प्रकाशित: Nov 09, 2021| 11:28 मंगलबार, कात्तिक २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।