शुक्रबार, भदौ ५, २०८३

आज बस्ने सुदूरपश्चिम प्रदेश कमिटीको बैठक अवैध हो : भीम रावल

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आज बस्ने भनिएको नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको बैठक अवैध भएको बताएका छन्।
 |  मंगलबार, कात्तिक २३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २३, २०७८

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आज बस्ने भनिएको नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको बैठक अवैध भएको बताएका छन्।

उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत एमाले सुदूरपश्चिम प्रदेश कमिटीको बस्ने भनिएको बैठक अवैध भएको बताएका हुन्। 'आज बस्ने भनिएको बैठक १० बुँदे सहमति र अन्तर पार्टी निर्देशन विपरीत छ,'उनले भने।

उनले बैठकलाई गुटबन्दीको नमुना भएको बताएका छन्। आजका बैठकको निर्णय अमान्य हुने रावलको भनाइ छ। रावलले अन्तर पार्टी निर्देशन झापामा लागू हुने तर सुदूरपश्चिममा किन लागू नहुने भन्दै प्रश्न पनि गरेका छन्।

प्रकाशित: Nov 09, 2021| 10:06 मंगलबार, कात्तिक २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...