आइतबार, माघ ४, २०८२

बार्सिलोनाले सार्वजनिक गरेपछि यस्तो भन्छन् जाभी हर्नान्डेज

क्याटलानल क्लबमा लामो समय खेलेर चार च्याम्प्यिन्स लिगसमेत जितेका जाभी फर्किएपछि बार्सिलोना समर्थक पनि खुसी बनेका छन्।
 |  मंगलबार, कात्तिक २३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २३, २०७८

काठमाडौं- बार्सिलोनाले सोमबार राति नवनियुक्त मुख्य प्रशिक्षक जाभी हर्नान्डेजलाई क्लबमा सार्वजनिक गरेको छ। क्याटलानल क्लबमा लामो समय खेलेर चार च्याम्प्यिन्स लिगसमेत जितेका जाभी फर्किएपछि बार्सिलोना समर्थक पनि खुसी बनेका छन्।

National life

४१ वर्षे जाभीले खेलाडी जीवनमा जस्तै प्रशिक्षण कालमा पनि उपाधि दिलाउने समर्थकले विश्वास गरिरहेका छन्। सोमबार राति बार्सिलोनाको रंगशालामा उपस्थित भएका १० समर्थकबीच यस्तै खुसी र आशा देख्न सकिन्थ्यो। 

ती समर्थकलाई सम्बोधन गर्दै उनले बार्सिलोनामा अनुबन्ध हुँदै विभिन्न सन्देशहरू पनि दिएका छन्। बार्सिलोनालाई सम्बोधन गर्दै जाभीले आफूले जानेको सबैथोक बार्सिलोनाका लागि दिने प्रतिबद्धता जाहेर गरे।

उनले क्लबको खेलाडीको मानसिकताबारे पनि कुरा गरेका छन्। हार र बराबरीमा बार्सिलोना लामो समय बस्न नसक्ने जाभीले स्पष्ट पारे। त्यस्तै, उनले क्ल्बलको सिद्धान्तबारे पनि धारणा स्पष्ट पारेका छन्। भन्छन्, ‘म आफ्नो सिद्धान्त खेलाडीलाई सम्झाएर त्यो नै जितको मुख्य कारण हो भन्नेमा विश्वास दिलाउँछु।’

बार्सिलोनाका सफल प्रशिक्षक पेप ग्वार्डिओलासँग तुलना गरेपछि उनले आफूलाई ग्वार्डिओलासँग तुलना गर्नु ठूलो व्यक्तिगत उपलब्धि रहेको पनि बताएका छन्।

Laxmi sunrise bank
kumari

‘ग्वार्डिओला मेरो रोल मोडेल हुन्। उनी विश्वकै उत्कृष्ट प्रशिक्षक पनि हुन्,’ जाभीले भने। उनले आफूले राम्रो गर्न सक्ने बताए पनि बार्सिलोनोका चोटको समस्याबाट भने निकै चिन्तित देखिन्छन्।

उनले चोटबारे समस्या हेरेर समाधानको पहल गर्ने बताएका छन्। उनलाई बार्सिलोनामा खेल्नु भन्दा अहिले प्रशिक्षकको जिम्मेवारी सम्हालन निकै सकस हुनेछ। त्यो किनेभने बार्सिलोनाले लिगको सुरुआतमै निकै खराब प्रदर्शन गरेको छ। बार्सिलोनाले १२ खेलमध्ये १९ अंक गुमाइसकको छ। त्यसैले ऊ अहिले १७ अंकका साथ नवौं स्थानमा छ।

बार्सिलोना शीर्षस्थानको रियल सोसिडाडभन्दा ११ अंक पछि छ।

उसले च्याम्पियन्स लिगमा पनि राम्रो सुरुआत गर्न सकेन। बार्सिलोनाले चारमध्ये दुई खेलमा हार बेहोरिसकेको छ। उनले क्लबका राम्रा खेलाडी डेम्बेलेको प्रशंसा गर्दै भेट्रान खेलाडीको सहयोगमा लिग जित्ने बताएका छन्।

प्रकाशित: Nov 09, 2021| 08:55 मंगलबार, कात्तिक २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।