आइतबार, चैत १५, २०८२

यी हुन् जारी रुस विश्वकपका 'नायक'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- सन् २०१८ को विश्वकप सोचे भन्दा पनि फराक भएको छ। विश्वकपका दाबेदार टोली बाहिरिनु र नयाँ टोलीले उत्कृष्ट प्रर्दशन गर्नुले विश्वकपलार्इ रोचक बनाएको छ। जारी विश्वकपलाई हेर्दा यस बर्ष एक नयाँ टोली फाइनलमा पुग्नसक्ने अनुमान लगाउन सकिन्छ।

विश्वकपका खेल दौरान केही नयाँ 'नायक' हरुको जन्म भयो । कोही जारी विश्वपमा आफ्नो उत्कृष्ट खेल प्रस्तुत गर्दै नायक बने भने कोही सामाजिक भाव र सन्देश फैलाउँदै सच्चा नायक बने। यिनै बिषयले खेलकुदमा एक अर्काबीच मित्रता र सद्भाव बढाउने तथ्य प्रस्ट पार्‍यो । जुन तथ्यले खेल प्रेमीको मन जितेको छ।

क्रिष्टियानो रोनाल्डो 

पोर्चुगली स्टार क्रिष्टियानो रोनाल्डो प्रायजसो खेल दौरान मैदानमा रिसाहा प्रवृतीका देखिन्छन्। धेरैले उनलाई घमन्डी र रिसाहा खेलाडीको संज्ञा दिए। तर, उनले जारी विश्वकपमा आफ्नो नकआउट चरणको उरुग्वेसँगको खेलमा सामाजिक सद्‍भाव झल्कले कार्य गरे। उरुग्वेका इडिसन काभानीलाई चोट लागेपछि खेलको ७४ औं मिनेटमा मैदान बाहिरिएका थिए। उनी मैदानबाट बाहिरिनु भन्दा पहिेले उनले पोर्चुगल विरुद्ध २ गोल गरि सकेका थिए।
 
चोटका कारण मैदान बाहिरिदा उनलाई रोनाल्डोले साथ दिए। हिड्न नसक्ने अवस्थामा पुगेका काभानीलाई रोनाल्डोले आफ्नो काँधको साहारा दिँदै मैदान बाहिरसम्म पुर्‍याए। जुन कार्यले खेलकुदले एक अर्को देशबीचको मित्रतालाई बलियो बनाउँछ भन्ने कुरालार्इ प्रस्ट पारे। किनकी रोनाल्डोलाई एक रिसाहा खेलाडीको संज्ञा दिइन्छ । 
उनले विश्वकपमा आफ्नो स्पेनविरुद्धको पहिलो खेलमा ह्याट्रिक गोल गर्दै उत्कृष्ट शुरुवात गरेको थिए। 

केलियन बाप्पे

फ्रान्सका युवा स्टार केलियन बाप्पेले विश्वकपमा उठेको सम्पुर्ण पैसा सामाजिक सेवामा खर्चने बताए। विश्वकपमा उत्कृष्ट प्रदर्शन गरीरहेका उनले अर्जेन्टिनाविरुद्धको खेलमा दुर्इ गोल गरेसँगै यस्तो बताएका थिए। यस कुराले पनि उनको सामाजिक उत्तरदायित्व झल्कने गर्दछ।
 
यती मात्र हैन उनले ६० वर्षअघि ब्राजिलका पेलेले विश्व कपमा राखेको कम उमेरमा २ गोल गर्ने कीर्तिमानसँग बराबरी गरे। रसिया विश्वकप अर्न्तगत अर्जेन्टिनाविरुद्ध प्रि-क्वार्टरफाइनल खेलमा दुर्इ गोल गरेसँगै बाप्पेले ६० वर्षअघि (सन् १९५८) पेलेले राखेको कीर्तिमानलाई बराबरी गरेका हुन्। उनले जारी विश्वकपमा तीन गोल गरी सकेका छन् ।

फिलिप्पे काउटिन्हो

ब्राजिलयन मिडफिल्डर फिलिप्पे काउटिन्होले विश्वकपका महान खेलाडी पेलेले बनाएको कीर्तिमानलाई बराबरी गरे। रुसमा जारी विश्व कपमा निकै नै लयमा देखिएका काउटिन्हो ब्राजिलका लागि सबैभन्दा प्रभावशाली प्रदर्शन गरिरहेका छन्। उनले सर्बियाविरुद्धको समूह चरणको अन्तिम खेलमा आफ्नो जादु देखाएका थिए।

पेलले सन् १९५८ को विश्व कपका सुरुवाती ३ खेलमा २ गोल र १ असिस्ट गरेको कीर्तिमानसँग काउटिन्होले बराबरी गरेका हुन्। पेले पछि ब्राजिलका लागि यस्तो सफलता हासिल गर्ने काउन्टिहो पहिलो खेलाडी हुन्। ब्राजिलले कोस्टारिकालाई २-० ले हराउँदा काउन्टिहोले पहिलो गोल गरेका थिए। 

इगोर अकेन्फिभ

आयोजक राष्ट्र रुसका गोलकिपर इगोर अकेन्फिभले शिर्ष १६ को खेलमा स्पेन विरुद्ध पेनाल्टी बचाउ गर्दै आफू अब्बल रहेको प्रस्ट पारे। उनले स्पेनका कोकेको पेनाल्टी सुटआउटको बचाउ गरेका थिए। जुन बचाउले रुसले विश्वकपमा ऐतिहासिक जिवन हात पार्‍यो । सोभियत युनियनबाट छुट्टिएपछि विश्वकपका तीन संस्करणमा सहभागिता जनाउँदा रुस समूह चरणबाटै बाहिरिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।