सोमबार, असार २२, २०८३

ए डिभिजन लिगको संघारमा च्यासल क्लबले भित्र्यायो दुई खेलाडी

आउँदो सिजनको सहिद स्मारक ए डिभिजन लिगका लागि च्यासल फुटबल क्लबले दुई खेलाडी भित्र्याएको छ।
 |  मंगलबार, कात्तिक २३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २३, २०७८

काठमाडौं– आउँदो सिजनको सहिद स्मारक ए डिभिजन लिगका लागि च्यासल फुटबल क्लबले दुई खेलाडी भित्र्याएको छ।

उसले नेपाल यू २३ टिमका  कप्तान एवं गोलकिपर अर्पण कार्कीलाई भित्र्याएको छ। उसले हिजो (सोमबार) कार्कीसँग यो सिजनका लागि सम्झौता गरेको जनाएको छ।

अर्पन नेपाल राष्ट्रिय यू-२३ टोलीका कप्तान समेत हुन्। उनी नेपालको उमेर समूहमा एक सफल कप्तानसमेत हुन्। नेपालले २०१७ मा भुटानमा भएको यू-१९ साफको उपाधि उचाल्दा उनी टोलीको लागि कप्तान समेत रहेका थिए। 

उनी नेपालमा २०१९ मा भएको दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता पनि हुन्। अर्पनले माल्द्विपमा जेजे स्पोर्टस क्लब र भुटानमा पारो एफसीबाट लिग खेलेका छन्। यस्तै उनले नेपालमा नेपाल पुलिस क्लबबाट घरेलु लिग पनि खेलेका छन्।

त्यस्तै, च्याससले भारतीय खेलाडी शेम मार्टनलाई पनि अनुबन्ध गरेको छ। २६ वर्षे मार्टनलाई आई लिग क्लब चेन्नईबाट अनुबन्ध गरेको क्लबले जानकारी दिएको छ।

आउँदो संस्करणको ए डिभिजन लिग यही कात्तिक २९ गतेबाट सुरु हुँदैछ।

प्रकाशित: Nov 09, 2021| 07:50 मंगलबार, कात्तिक २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।