सोमबार, असार २२, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • कोहलीले कप्तानी गरेको अन्तिम खेलमा भारतले निकाल्यो सानदार जित

कोहलीले कप्तानी गरेको अन्तिम खेलमा भारतले निकाल्यो सानदार जित

ओमन र यूएईमा जारी टी २० विश्वकपको अन्तिम खेलमा भारतले नमिबियामाथि जित निकालेको छ। सुरुका दुवै खेलमा हार बेहोर्दै खराब सुरुआत गरेको भारत एक खेल अगावै समूह चरणबाटै बाहिरिएको थियो।
 |  मंगलबार, कात्तिक २३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २३, २०७८

काठमाडौं– ओमन र यूएईमा जारी टी २० विश्वकपको अन्तिम खेलमा भारतले नमिबियामाथि जित निकालेको छ। सुरुका दुवै खेलमा हार बेहोर्दै खराब सुरुआत गरेको भारत एक खेल अगावै समूह चरणबाटै बाहिरिएको थियो।

यद्यपि सोमबार रातिको अन्तिम खेलमा भने भारत जित निकाल्न सफल भयो। उसले नामिबियामाथि ९ विकेटको सानदार जित निकालेको हो।

सुपर १२ अन्तर्गत समूह २ को खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले  पुरा ओभर खेल्दै ८ विकेटको क्षतिमा १३२ रन बनाएको थियो।

जवाफमा भारतले एक विकेट गुमाउँदै १५ ओभर दुई बलमा निर्धारित १३३ रनको लक्ष्य १२६ रन बनाएर पुरा गर्‍यो। भारतका लागि केएल राहुलले अविजित ५४ रन बनाए। त्यस्तै, रोहित शर्माले ५६ रन र सूर्यकुमार यादवले अविजित २५ रन बनाए। नामिबियाका जेन फ्रेलिन्सिकले एक विकेट गिराए।

त्यसअघि नामिबियाका डेबिन वाइजले २६ र स्टेफेन बार्डले २१ रन बनाए। भारतका रविचन्द्र अश्विन र रवीन्द्र जाडेजाले समान ३–३ विकेट गिराए भने जसप्रति बुमराहले दुई विकेट लिए।

यससँगै भारतीय कप्तान विराट कोहली अब कप्तान रहने छैनन्। उनले विश्वकप पछिबाट लागू हुनेगरि कप्तानीबाट राजीनामा दिइसकेका छन्। उनको अन्तिम कप्तानीमा भने भारतले विश्वकपमा विर्सनलायक प्रदर्शन गरेको छ।

यता विश्वकप खेलाडीका प्रशिक्षक रवि शास्त्रीको ठाउँमा पनि बिसीसीआईले राहुल द्रविडलाई नियुक्त गरेको छ।

प्रकाशित: Nov 09, 2021| 07:09 मंगलबार, कात्तिक २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।