शुक्रबार, कात्तिक २८, २०८२

बागमतीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

बागमतीका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत प्राप्त गरेका छन्। सोमबार प्रदेशसभामा भएको मतदानमा पाण्डेको पक्षमा ५९ जना सांसदले विश्वासको मत दिएका हुन्।
 |  सोमबार, कात्तिक २२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २२, २०७८

हेटौँडा- बागमतीका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत प्राप्त गरेका छन्। सोमबार प्रदेशसभामा भएको मतदानमा पाण्डेको पक्षमा ५९ जना सांसदले विश्वासको मत दिएका हुन्। उनको विपक्षमा भने ४३ मत परेको छ। २ सांसद भने तटस्थ बसेका थिए। 

National life

पाण्डेले प्राप्त गरेको मत आवश्यक संख्याभन्दा बढी भएकाले विश्वासको मत प्राप्त गरेको सभामुख सानुकुमार श्रेष्ठले घोषणा गरे। विश्वासको मतका लागि कम्तीमा ५५ जना सदस्यको समर्थन चाहिन्छ। बागमतीमा हाल १०९ प्रदेशसभा सदस्य छन्। 

सोमबार भएको मतदनमा १०४ जना सांसद उपस्थित भएका थिए। गठबन्धनका तर्फबाट सरकारमा सहभागी भएका उनलाई नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र), र नेपाली कांग्रेसका सांसदहरूले मतदान गरेका हुन्। 

नेकपा एकीकृत समाजवादीको संसदीय दलका नेता पाण्डे कात्तिक ११ गते मुख्यमन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। सोहीअनुसार उनले विश्वासको मत लिएका हुन्। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 08, 2021| 17:36 सोमबार, कात्तिक २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।