शुक्रबार, भदौ ५, २०८३

बालुवाटारमा गठबन्धनको बैठक सुरु

मन्त्रिपरिषद् बैठकपछि सत्ता गठबन्धनमा सहभागी नेताहरूको बैठक बसेको हो। साझेदार दलहरूबीच मन्त्रालय भागबन्डा अघि बसेको बैठक त्यसपछि भने बस्न सकेको छैन।
 |  सोमबार, कात्तिक २२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २२, २०७८

काठमाडौं- सत्तारुढ गठबन्धनका नेताहरूको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे सत्तारुढ गठबन्धनका नेताहरूको बैठक सुरु भएको बालुवाटार स्रोतले जानकारी दिएको छ। 

मन्त्रिपरिषद् बैठकपछि सत्ता गठबन्धनमा सहभागी नेताहरूको बैठक बसेको हो। साझेदार दलहरूबीच मन्त्रालय भागबन्डा अघि बसेको बैठक त्यसपछि भने बस्न सकेको छैन। बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ। 

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको कोटाबाट राणाका जेठान गजेन्द्रबहादुर हमाललाई मन्त्रीमा नियुक्त गरेपछि सिर्जना भएको न्यायालयको विवाद साम्य हुन सकेको छैन। राणाको राजीनामा माग गर्दै सर्वोच्चका न्यायाधीश र नेपाल बार एसोसिएसन आन्दोलनमा उत्रिएका छन्। 

न्यायालयको विवादका विषयमा सत्तारुढ घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन बैठकमा छलफल गर्ने बताएका थिए। यद्यपि नेपाली कांग्रेसले भने प्रधानन्यायाधीशका विषयमा कांग्रेसले आधिकारिक रूपमा धारणा सार्वजनिक गरेको छैन। उता प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) पनि प्रधानन्यायाधीशको पक्षमै रहेको छ। 

प्रकाशित: Nov 08, 2021| 17:13 सोमबार, कात्तिक २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...