शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमाले बनेका माओवादीलाई पुनर्बहाली नगर्न प्रचण्डको भ्याकेट निवेदन, आजै सुनवाई हुने

एमाले बनेका माओवादीलाई पुनर्बहाली नगर्न प्रचण्डको भ्याकेट निवेदन, आजै सुनवाई हुने

नेपाल कम्युनिष्ट पार्टी एमालेमा लागेका स्थानीय जनप्रतिनिधिलाई पुर्नबहाली गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भ्याकेटमा गएका छन्।
 |  बिहीबार, साउन २१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २१, २०७८

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी एमालेमा लागेका स्थानीय जनप्रतिनिधिलाई पुर्नबहाली गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भ्याकेटमा गएका छन्।

सर्वोच्च अदालतको फागुन २३ को फैसलापछि एमाले रोजेका विभिन्न जिल्लाका मेयर, उपमेयर, गाउँपालिकाका पदाधिकारीलाई माओवादी केन्द्रले कारबाही गरि निर्वाचन आयोगबाट पदमुक्त गराएको थियो।

पदमुक्त भएका जनप्रतिनिधिलाई सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत पुनर्वहाली गरेकोमा माओवादी अध्यक्ष प्रचण्ड अन्तरिम आदेश खारेजीको माग लिएर अदालत गएका हुन्।

प्रचण्डको भ्याकेट निवेदनमाथि आज न्यायधिस डा. आनन्दमोहन भट्टराई, वमकुमार श्रेष्ठ र मनोजकुमार शर्माको संयुक्त इजलासमा सुनवाइ हुने भएको छ।

माओबादीमा रहेका स्थानीय तहका ४१ जनप्रतिनिधि माओबादी छाडेर एमालेमा लागेको थिए। सर्वोच्च अदालतले उनीहरुलाई माओबादीमा पुर्नबहाली गर्न अन्तिरिम आदेश दिएपछि प्रचण्ड आदेश खारेजीका लागि अदालत गएका हुन्।

प्रकाशित: Aug 05, 2021| 11:44 बिहीबार, साउन २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...