शुक्रबार, कात्तिक २८, २०८२

बागमतीका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मागे विश्वासको मत

बागमतीका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेशसभामा विश्वासको मत मागेका छन्।
 |  सोमबार, कात्तिक २२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २२, २०७८

काठमाडौं– बागमतीका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेशसभामा विश्वासको मत मागेका छन्। पाण्डेले सोमबार प्रदेशसभामा सम्बोधन गर्दै नेकपा एमाले, माओवादी केन्द्र, नेपाली कांग्रेस, विवेकशील साझा पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी र जनता समाजवादी पार्टीलाई आग्रह गरेका छन्।

National life

उनले भने,  ‘मलाई विश्वासको मत दिएर हौसला प्रदान गर्नुहुन्छ भन्ने अपेक्षा छ।’ नेकपा एकीकृत समाजवादीको संसदीय दलका नेता पाण्डे कात्तिक ११ गते नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन्।  नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।  सोहीअनुसार उनले विश्वासको मत लिन लागेका हुन्।

बागमतीमा हाल १०९ प्रदेशसभा सदस्य छन्। विश्वासको मतका लागि बहुमत ५५ जना सदस्यको समर्थन चाहिन्छ। प्रदेदेशसभामा एमालेको ४३, माओवादी केन्द्रको २३, कांग्रेसको २२, एकीकृत समाजवादीको १३, विवेकशील साझा पार्टीको तीन, नेमकिपा र राप्रपाको दुईदुई, जनता समाजवादी पार्टी नेपालको एक जना सांसद छन्। 

गठबन्धनमा माओवादी केन्द्र, कांग्रेस, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी आबद्ध रहेकाले पाण्डे विश्वासको मत पाउने सम्भावना बलियो छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 08, 2021| 16:27 सोमबार, कात्तिक २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।