शुक्रबार, भदौ ५, २०८३

कांग्रेसको रौतहटमा मात्र क्रियाशील सदस्यता टुंगो लाग्न बाँकी

नेपाली कांग्रेसको रौतहटको मात्र क्रियाशील सदस्यता विवाद टुंगन बाँकी छ। रौतहट क्षेत्र नं २, ३ र ४ को क्रियाशील सदस्यता टुङ्गिसकेको भए पनि क्षेत्र नं १ को भने टुङ्गिन बाँकी रहेको कांग्रेसले जनाएको छ।
 |  सोमबार, कात्तिक २२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २२, २०७८

काठमाडौं– नेपाली कांग्रेसको रौतहटको मात्र क्रियाशील सदस्यता विवाद टुंगन बाँकी छ। रौतहट क्षेत्र नं २, ३ र ४ को क्रियाशील सदस्यता टुङ्गिसकेको भए पनि क्षेत्र नं १ को भने टुङ्गिन बाँकी रहेको कांग्रेसले जनाएको छ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एकदुई दिनमा देशभरका सबै जिल्ला र निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता विवाद टुङ्गोमा पुग्ने बताए। रौतहटको तीनवटा निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता टुङ्गिएसँगै देशभरका १६५ मध्ये १६४ निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता विवाद टुङ्गो लागेको उनले जानकारी दिए। 

यसैबीच कांग्रेसले रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको छ। कांग्रेसले पार्टीको १४औँ महाधिवेशनका लागि ७६ जिल्लाको क्रियाशील सदस्यताको टुंगो लगाएको छ। 

रसुवामा नयाँ शक्तिबाट नेपाली कांग्रेसमा प्रवेश गरेका व्यक्तिलाई कति क्रियाशील सदस्यता दिने भन्ने विवादका कारण क्रियाशील सदस्यता टुङ्गोमा पुग्न सकेको थिएन।

कांग्रेस रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्गिएसँगै रसुवामा कांग्रेसको क्रियाशील सदस्यको सङ्ख्या तीन हजार ८५७ पुगेको छ। 

कांग्रेसले पछिल्लो समय सदस्यता विवाद टुङ्गोमा पुर्‍याएको जिल्लाको अधिवेशन सम्पन्न गर्नका लागि कार्यतालिका समेत प्रकाशित गरिसकेको छ भने सोही जिल्लामा निर्वाचन अधिकृत समेत खटाइसकेको छ। कांग्रेसले १४औँ महाधिवेशन आगामी मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा गर्दैछ। 

प्रकाशित: Nov 08, 2021| 16:13 सोमबार, कात्तिक २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...