शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानन्यायाधीशविरुद्ध आन्दोलनरत सर्वोच्चका ६ न्यायाधीश इजलास फर्किए

प्रधानन्यायाधीशविरुद्ध आन्दोलनरत सर्वोच्चका ६ न्यायाधीश इजलास फर्किए

न्यायाधीशहरु बमकुमार श्रेष्ठ, कुमार चुडाल, प्रकाशकुमार ढुङ्गाना, कुमार रेग्मी, तेजबहादुर केसी र नहकुल सुवेदीको इजलासले बन्दीप्रत्यक्षीकरण मुद्दाको सुनुवाइ गरेका हुन्।
 |  सोमबार, कात्तिक २२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २२, २०७८

काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत ६ न्यायाधीश इजलास फर्किएका छन्। सोमबार इजलासमा पुगेर उनीहरूले बन्दीप्रत्यक्षीकरणको मुद्दा हेरेका हुन्।

न्यायाधीशहरु बमकुमार श्रेष्ठ, कुमार चुडाल, प्रकाशकुमार ढुङ्गाना, कुमार रेग्मी, तेजबहादुर केसी र नहकुल सुवेदीको इजलासले बन्दीप्रत्यक्षीकरण मुद्दाको सुनुवाइ गरेका हुन्। 

इजलासमा फर्किएर मुद्दाको सुनुवाइ गरेपनि उनीहरूले आफूहरूको आन्दोलन जारी रहेको बताएका छन्। प्रधानन्यायाधीश जबराले यसअघिको सहमति उल्लंघन गरेको आरोप लगाउँदै सर्वोच्च अदालतका सबै न्यायाधीशले इजलास बहिष्कार गरेका थिए।

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले चरणबद्ध आन्दोलन गर्दै आएको छ। यही विषयमा प्रधानन्यायाधीशको पक्ष र विपक्षका कानुन व्यवसायीहरुबीच बार परिसरमा नै कुटाकुट समेत भएको थियो।  कुटाकुट गर्ने दुवै कानुन व्यवसायी नेपाली कांग्रेस निकटका भएको बताइएको छ। 

कानुन व्यवसायी र न्यायाधीशहरूको आन्दोलन चर्किँदै गएका बेला पनि सरकार र राजनीतिक दल भने मूकदर्शक बनेर बसेका छन्। नेकपा (माओवादी केन्द्र) लगायतका दल निकटका कानुन व्यवसायीहरू आन्दोलनमा छन् भने कांग्रेस र एमाले निकटका कानुन व्यवसायीहरू भने मौन छन्।

प्रकाशित: Nov 08, 2021| 16:06 सोमबार, कात्तिक २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...