काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। कोप–२६ मा भाग लिएर नेपाल फर्किएपछि देउवाले पहिलो पटक मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सोमबार दिउँसो ३ बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्नेछ। बैठकमा समसायिक राजनीतिक विषयवस्तु र दैनिकी प्रशासनिक कामकारबाहीबारे छलफल हुने बताइएको छ।