बुधबार, जेठ २०, २०८३

लोकसेवा विज्ञापन खोल्ने तयारीमा कर्णाली सरकार

कर्मचारीको लागि वर्षौंदेखि केन्द्रको भरपर्दै आएको कर्णाली प्रदेशले अब आफै कर्मचारी पदपूर्ति गर्ने भएको छ। जसका लागि प्रदेश लोकसेवा आयोगले कर्मचारी पदपूर्तिको प्रक्रिया सुरु गरेको छ।
 |  सोमबार, कात्तिक २२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २२, २०७८

सुर्खेत- कर्मचारीको लागि वर्षौंदेखि केन्द्रको भरपर्दै आएको कर्णाली प्रदेशले अब आफै कर्मचारी पदपूर्ति गर्ने भएको छ। जसका लागि प्रदेश लोकसेवा आयोगले कर्मचारी पदपूर्तिको प्रक्रिया सुरु गरेको छ। 

National life

आयोगले सहायक पाँचौं तहका प्राविधिक र अप्राविधिक (नासु) पदका कर्मचारी पूर्तिका लागि पुसको अन्तिम मंगलबार विज्ञापन गर्ने कार्यतालिका बनाएको छ।

नासु तहमा अप्राविधिकतर्फको प्रथम पत्रको परीक्षा फागुनमा सञ्चालन हुने छ। चैतमा लिखित परीक्षाको नतिजा प्रकाशित गरेर वैशाखमा दोस्रो पत्रको परीक्षा लिने कार्यतालिका बनाएको छ।

साउन वा भदौंमा दोस्रो पत्रको लिखित परीक्षाको नजिता प्रशासन गरेर असोजसम्म सिफारिस गर्ने आयोगको तयारी छ। प्राविधिकतर्फका परीक्षाहरू भने चैतमा सञ्चालन हुने छन्। साउन वा भदौमा लिखित नतिजा प्रकाशित गर्ने र भदौ वा असोजमा सिफारिस गर्ने छ। 

त्यस्तै सहायक चौथो (खरिदार) तहका अप्राविधिक र प्राविधिकका लागि माघ महिनामा कर्मचारी माग गर्ने आयोगको तयारी छ। अप्राविधिक तर्फको प्रथम पत्रको परीक्षा बैशाखमा परीक्षा लिने र जेठमा परीक्षा फल प्रकाशित गर्ने छ। 

Shivam cement

असारमा दोस्रो तहको परीक्षा सञ्चालन गरेर असोज/कार्तिकमा लिखित परीक्षाको अन्तिम नतिजा प्रकाशित गर्ने आयोगको कार्यतालिका छ। सबै परीक्षाहरू पार गरेका अप्राविधिकतर्फका उम्मेद्वारलाई मंसिर वा पुसमा सिफारिस गरिने छ। 

चौथो तहकै प्राविधिकतर्फका परीक्षा भने जेठमा सञ्चालन हुने छ। असोज वा कात्तिकमा लिखित परीक्षाको नजिता प्रकाशित गरेर मंसिर र पुस महिनासम्म सिफारिस गरिसक्ने आयोगको कार्यतालिका छन्। कुनै असामान्य परिस्थिति आइपरेमा मात्रै कार्यतालिका पुनरावलोकन गरिने आयोगले जनाएको छ।

आफै कर्मचारी नियुक्तीका लागि हाल कति दरबन्दी खाली छ भन्ने तथ्यांक संकलन भइरहेको आयोगका अध्यक्ष रामप्रसाद उपाध्यायले बताए। तथ्यांक संकलनको काम ५० प्रतिशतमा सकिएको छ। 

कर्मचारीको माग संख्या यकिन भएपछि आयोगले प्रतिशत निर्धारण गर्ने छ। ज्येष्ठता तथा कार्यसम्पादन मूल्यांकन र आन्तरिक प्रतियोगिताबाट बढुवा हुने कर्मचारीको निर्धारित पद संख्यालाई सुरक्षित राखेर प्रतिशत निर्धारित गरिने छ। 

आन्तरिक बढुवाबाट आउने कर्मचारी संख्यालाई सुरक्षित गरेर मात्रै आयोगले नयाँ कर्मचारीको माग गर्ने जनाएको छ। तथ्यांक संकलन र प्रतिशत निर्धारण भएपछि पुस महिनाको अन्तिम हप्ता रिक्त दरबन्दी पदपूर्तिका लागि विज्ञापन आह्वान गर्ने उपाध्यायले बताए।

कर्मचारी पदपूर्तिको प्रक्रिया सुरु भएसँगै आयोगले विज्ञहरूको सूचि माग गरेको छ। विभिन्न सेवा/समूह र उपसमूहका पदहरूको पाठ्यक्रम, प्रश्नपत्र निर्माण, परिमार्जन, उत्तरपुस्किका परीक्षण र अन्तरवार्ता लगायतका कार्यको लागि विज्ञहरू माग गरेको हो। 

विज्ञ समूहमा बस्न चाहने विज्ञहरूलाई अनलाइनमार्फत आवश्यक कागजपत्र पेस गर्न आयोगले जनाएको छ। सम्बन्धित विषयमा विज्ञले आयोगको वेबसाइट ppsc.karnali.gov.np  को फारम मेनुमा गएर अनलाइबाट वा फारम भरी आयोगको इमेल ठेगाना info.ppsc@karnali.gov.np  मा आउँदो मंसिर ११ गतेसम्म पठाउन सकिने छ।

प्रकाशित: Nov 08, 2021| 11:54 सोमबार, कात्तिक २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।