शुक्रबार, भदौ ५, २०८३

माओवादी केन्द्रले आह्वान गर्‍यो विदेश विभागको बैठक

नेकपा माओवादी केन्द्रको विदेश मामिला विभागको बैठक आह्वान गरेको छ।
 |  सोमबार, कात्तिक २२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २२, २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रको विदेश मामिला विभागको बैठक आह्वान गरेको छ। आगामी कात्तिक २४ गतेका लागि विदेश मामिला विभागको बैठक बोलाइएको माओवादीले जनाएको छ। 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको छ। बैठकमा विभागको काम कारबाहीलाई कसरी प्रभावकारी बनाउने भन्नेबारे छलफल हुनेछ। 

यस्तै कार्ययोजना र अन्य विविध विषयमा पनि छलफल हुने विदेश मामिला विभाग प्रमुख नारायणकाजी श्रेष्ठले जानकारी दिए।

प्रकाशित: Nov 08, 2021| 08:58 सोमबार, कात्तिक २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...