शुक्रबार, भदौ ५, २०८३

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक कात्तिक २८ मा

सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक यही कात्तिक २८ गते बस्ने भएको छ।
 |  सोमबार, कात्तिक २२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २२, २०७८

काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक यही कात्तिक २८ गते बस्ने भएको छ। 

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार एक विज्ञप्ति जारी गरी बैठक यही कात्तिक २८ गते आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको जानकारी दिएका हुन्।

बैठकमा उपस्थितिका लागि पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रित सदस्यलाई आमन्त्रण गरिएको छ। बैठकमा मुलुकको समसाययिक राजनीति विषय र पार्टीको १४औं महाधिवेशनको बारेमा छलफल हुने बताइएको छ।

प्रकाशित: Nov 08, 2021| 07:16 सोमबार, कात्तिक २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...