शुक्रबार, भदौ ५, २०८३

प्रधानन्यायाधीशविरुद्धको आन्दोलन थप सशक्त बनाउँदै बार

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एसोसिएसनले आज सोमबार दोस्रो चरणको आन्दोलन घोषणा गर्दैछ।
 |  सोमबार, कात्तिक २२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २२, २०७८

काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एसोसिएसनले आज सोमबार दोस्रो चरणको आन्दोलन घोषणा गर्दैछ।

बारले आइतबार ९० वटा इकाइसँग सुझाव माग गरेकामा सोमबार दिउँसो १२ बजे भर्चुअल छलफल गर्दैछ। इकाइबाट आउने सुझावअनुसार बैठक बसेर आन्दोलनको निर्णय गरिने बारका महासचिव लीलामणि पौडेलले जानकारी दिए।

सर्वोच्च अदालत बार एसोसिएसनले सोमबार सर्वोच्चमा कालोपट्टीसहित धर्ना, २३ र २५ कात्तिकमा देशभरका अदालतमा धर्ना दिनुपर्ने सुझाव दिइसकेको छ। २६ कात्तिकमा इकाइमार्फत देशभरका अदालत केही समयका लागि बन्द गराउन पनि सर्वोच्च बारको सुझाव छ। 

यद्यपि, नेपाल बारले दोस्रो चरणका आन्दोलन घोषणा अघि यसअघिका कार्यक्रमलाई निरन्तरता दिने भएको छ। जसअनुसार सोमबार सर्वोच्च कालोपट्टीसहितको विरोध कार्यक्रम हुनेछ। काठमाडौं उपत्यकामा रहेका कानुन व्यवसायीलाई सहभागी हुन आह्वान गरिएको  छ।  

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै १४, १५, १६ र १७ कात्तिकमा सर्वोच्च अदालत केन्द्रित कालोपट्टीसहितको विरोध कार्यक्रम सम्पन्न भएका छन्। 

न्यायाधीशहरू बन्दीका बाहेक मुद्दा नहेरेर जबरालाई राजीनामा दिन दवाव दिइरहेका छन्। उनीहरू पनि आज बिहानैबाट जबराविरुद्धको आनदोलनको रणनीति तय गर्न बैठक बस्दै छन्। 

एक न्यायाधीशका अनुसार तिहारपछि नेपाल बारले घोषणा गर्ने आन्दोलन हेरेर न्यायाधीशले समेत जबराविरुद्धको रणनीति तय गर्नेछन्। 

प्रकाशित: Nov 08, 2021| 07:11 सोमबार, कात्तिक २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...