शुक्रबार, भदौ ५, २०८३

ओली आज विराटनगर आउँदै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार बिहान विराटनगर आउँदैछन्।
 |  सोमबार, कात्तिक २२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २२, २०७८

विराटनगर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार बिहान विराटनगर आउँदैछन्। 

एमाले मोरङले चाडपर्वको अवसरमा सोमबार आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा सहभागि हुन अध्यक्ष ओली विराटनगर आउन लागेका हुन्।

शुभकामना कार्यक्रमका अवसरमा पार्टी नेता कार्यकर्तालाई ओलीले प्रशिक्षण दिने कार्यक्रम रहेको मोरङ अध्यक्ष ऋषिकेश पोखरेलले बताए। 

उनका अनुसार बिहान ११ बजेदेखि २ बजेसम्मको कार्यक्रममा आम पार्टी कार्यकर्ता र दिउँसो ३ देखि साँझ ५ बजेसम्म विभिन्न क्षेत्रबाट आमन्त्रण गरिएका व्यक्तिहरूको सहभागिता रहने छ।

प्रकाशित: Nov 08, 2021| 06:50 सोमबार, कात्तिक २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...