सोमबार, असार २२, २०८३

सेमिफाइनल नखेल्दै पाकिस्तानले बनायो रेकर्ड

आईसीसी टी–२० विश्वकप २०२१ को सेमिफाइनलमा पाकिस्तानले इतिहास रचेको छ। पाकिस्तानले सर्वाधिक पटक टी-२० विश्वकपको सेमिफाइनल पुग्ने इतिहास बनाएको हो।
 |  आइतबार, कात्तिक २१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २१, २०७८

काठमाडौं- आईसीसी टी–२० विश्वकप २०२१ को सेमिफाइनलमा पाकिस्तानले इतिहास रचेको छ। पाकिस्तानले सर्वाधिक पटक टी-२० विश्वकपको सेमिफाइनल पुग्ने इतिहास बनाएको हो।

पाकिस्तानले यस मामिलामा श्रीलंका, भारत, अष्ट्रेलिया र वेस्टइण्डिजलाई पछि पारेको छ। पाकिस्तान कीर्तिमानी पाँचौँ  पटक टी–२० विश्वकपको सेमिफाइनलमा पुगेको छ भने पाकिस्तानपछि अष्ट्रेलिया, श्रीलंका र वेस्टइण्डिज क्रमशः चार चार पटक सेमिफाइनल पुगेका छन्।

दक्षिण अफ्रिकासँगको अन्तिम लिग खेलमा हार व्यहोरे पनि इंग्ल्याण्डको टोली तेस्रो पटक टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ। योसँगै न्युजिल्याण्डले तेस्रो पटक र भारतले चौथो पटक यस्तो गर्ने मौका पाएको छ।

सन् २००९ को टी-२० विश्वकपको विजेता टोली सात पटकमध्ये पाँच पटक सेमिफाइनल खेलेको छ भने पछिल्ला दुई प्रतियोगितामा टोलीको प्रदर्शन राम्रो थिएन। पाकिस्तान सन् २०१४ र २०१६ मा भएको आईसीसी टी–२० विश्वकपको सेमिफाइनलमा पुग्न सकेन। 

सन् २००७ मा एमएस धोनीको कप्तानीमा भारतले टी-२० विश्वकप जित्दा पाकिस्तान उपविजेता बनेको थियो। र, योसँगै पाकिस्तानले सेमिफाइनल जित्यो भने सबैभन्दा धेरै पटक फाइनल पुग्ने टोली बन्नेछ।

पाकिस्तान, इङ्ल्यान्ड र अष्ट्रेलिया टी-२० विश्वकप २०२१ को सेमिफाइनलमा पुगेका छन्। भारत, न्युजिल्याण्ड र अफगानिस्तान मध्ये एक टिमले अब सेमिफाइनलमा स्थान बनाउने छन्।

सबैभन्दा धेरै पटक टी-२० विश्वकपको सेमिफाइनल पुग्ने टोलीहरूः 

पाँच पटक–पाकिस्तान

चार पटक–अष्ट्रेलिया

चार पटक–श्रीलंका

चार पटक– वेस्ट इन्डिज

तीन पटक– इंग्ल्याण्ड

तीन पटक–भारत

दुई पटक–न्युजिल्याण्ड

दुई पटक–दक्षिण अफ्रिक

भारत र  न्युजिल्याण्ड टोलीसँग सेमिफाइनल पुग्ने सम्भावना अझै बाँकी छ। 

प्रकाशित: Nov 07, 2021| 22:57 आइतबार, कात्तिक २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।