शुक्रबार, भदौ ५, २०८३

कात्तिक २७ गते १९९९ महाधिवेशन प्रतिनिधि छनोट गर्दै एमाले

नेकपा (एमाले)ले कात्तिक २७ गते १ हजार ९९९ जना महाधिवेशनको प्रतिनिधि छनोट गर्ने भएको छ।
 |  आइतबार, कात्तिक २१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २१, २०७८

काठमाडौं- नेकपा (एमाले)ले कात्तिक २७ गते १ हजार ९९९ जना महाधिवेशनको प्रतिनिधि छनोट गर्ने भएको छ।  मंसिर १०-१२ का लागि तय भएको दसौँ राष्ट्रिय महाधिवेशनका लागि एमालेले महाधिवेशन प्रतिनिधि छनौट गर्न लागेको हो।

एमालेले मातहतका कमिटी र संगठनको कार्यक्षेत्रअनुसार सम्बन्धित कमिटीमै स्वच्छ, निष्पक्ष र पारदर्शीरुपमा निर्वाचन सुनिश्चित हुने गरी गर्न निर्देशन दिएको छ।

प्रतिनिधि छनोटको मापदण्डबारे थप स्पष्ट पार्दै अध्यक्ष केपी शर्मा ओलीले आज जारी गरेको अन्तरपार्टी निर्देशन १४ मा केन्द्रीय संगठन विभागमा अभिलेखित सदस्यताका आधारमा प्रतिनिधि छनोट गर्नपर्ने उल्लेख गरिएको छ।

एमालेले भूगोल, विशेष कमिटी र जनसंगठनबाट समावेशिताका आधारमा महाधिवेशन प्रतिनिधि छनोट गर्ने बताइएको छ। एमाले महाधिवेशन चितवनमा हुने तय भइसकेको छ।

प्रकाशित: Nov 07, 2021| 21:56 आइतबार, कात्तिक २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...