शुक्रबार, भदौ ५, २०८३

नेकपा एसले गर्‍यो सीपीसीसँग अन्तर्क्रिया, के भयो कुराकानी?

माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र चीनको सत्तारूढ दल चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)बीच भर्चुअल अन्तर्क्रिया ‍भएको छ।
 |  आइतबार, कात्तिक २१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २१, २०७८

काठमाडौं- माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र चीनको सत्तारूढ दल चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)बीच भर्चुअल अन्तर्क्रिया भएको छ। भाइटीकाको अघिल्लो दिन शुक्रबार नेकपा एसका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र सीपीसीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री छन चौलेबीच अन्तर्क्रिया भएको नेकपा एसका एक नेताले बताए। 

एमाले विभाजन भएपछि सीपीसीले पहिलोपटक नेपाल नेतृत्वको दलसँग अन्तर्क्रिया गरेको हो। अन्तर्क्रियामा सीपीसीको सय वर्ष पुगेको अवसरमा नेपालले बधाइ ज्ञापन गरेका थिए। यस्तै कोभिड–१९ संक्रमणको न्यूनीकरणमा चीनले दिएको चासो र सहयोगका लागि समेत नेपालले धन्यवाद ज्ञापन गरेका थिए। नेपालले चीनबाट परिमाणमा कोभिडविरुद्धको भेरोसेल खोप लगायतका स्वास्थ्य सामग्री प्राप्त गरेको थियो। अन्तर्क्रियामा चौलेले नेकपा (एस)सँग सम्बन्ध विस्तार गर्न चाहेको नेकपा एसको भनाइ छ।

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकरण भई नेकपा बनेपछि सीपीसीले सम्बन्ध विस्तार गरेको थियो। नेकपामा विवाद चर्किएका बेला नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी सक्रिय बनेकी थिइन्। तर उनको प्रयास असफल भएपछि सीपीसीले विशेष प्रतिनिधि नै नेपाल पठाएको थियो। ती प्रतिनिधिहरूले तत्कालीन नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डका साथै वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरी फर्किएको थियो। तर उक्त प्रयास पनि विफल बन्यो। त्यसबेलाको नेकपा अहिले तीनतिर विभाजित भएको छ।  सीपीसीले गैरकम्युनिष्ट दलसँग पनि सम्बन्ध विस्तार गरेको छ।

प्रकाशित: Nov 07, 2021| 18:09 आइतबार, कात्तिक २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...