सोमबार, असार २२, २०८३

'ए' डिभिजन लिगका खेल ४ मैदानमा खेलाउने तयारी

कात्तिक २९ गतेदेखि आयोजना हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगका खेल चार मैदानमा खेलाउने तयाारी गरिएको छ।
 |  आइतबार, कात्तिक २१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २१, २०७८

काठमाडौं- कात्तिक २९ गतेदेखि आयोजना हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगका खेल चार मैदानमा खेलाउने  तयाारी गरिएको छ। दशरथ रंगाशाला, पोखरा रंगशाला, च्यासल मैदान र एन्फा टेक्निकल सेन्टरमा लिग खेलाउने तयारी भइरहेको आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले जानकारी दिएको छ। अघिल्ला संस्करण दुई मैदानमा मात्र लिग आयोजना हुँदै आएको थियो। 

नेपाली फुटबलको मेरुदण्ड मानिएको सहिद स्मारक ‘ए’ डिभिजन लिग कात्तिक २९ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा उद्घाटन हुँदैछ। यसै सिजनमा बढुवा भएको सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच उद्घाटन खेलमा प्रतिस्पर्धामा उत्रने भएका छन्। मनाङ मर्स्याङ्दी फुटबल क्लबले पोखराको रंगशालालाई घरेलु मैदान बनाउँदै छ भने च्यासल मैदान पनि लिगका लागि प्रयोग गर्ने योजना आयोजक एन्फाले बनाएको छ। उद्घाटन खेल ‘फ्लड लाईट’ खेलाउने तालिका बनाइएको छ। 

दशरथ रंगशालमा उद्घाटन हुने खेल ५ बजे सुरु हुनेछ। २०७२ को भूकम्पपछि बनेको नयाँ रंगशालामा उद्घाटन खेलबाहेक अन्य खेल भने दिउँसो ३ बजे हुनेछन्। काठमाडौंको मध्य भागमा रहेको रंगशालामा १३औं दक्षिण एसियाली खेलकुद भइसकेका छन् भने अन्तर्राष्ट्रिय खेल पनि सम्पन्न भइसकेका छन्। सुरुवाती दुई चरणका तालिका मात्र सार्वजनिक भएको मध्येमा दशरथ रंगशालाका अलावा एन्फा तेक्निकल सेन्टरमा तोकिएको छ।

एन्फा टेक्निकल सेन्टरमा आयोजना हुने पहिलो खेल कात्तिक ३० गते हिमालयन शेर्पा र संकटा क्लबबीच आयोजना हुनेछ। उत्त खेल दिनको १२ बजे हुनेछ। कृत्रिम मैदान एन्फा टेक्निकल सेन्टरमा अहिले केही टोलीले मैत्रीपूर्ण खेल खेलेका छन्। जुन प्रिसिजन अघिको अभ्यास खेलको रुपमा व्याख्या गरिएको छ। 

तेस्रो चरणको खेलमा च्यासलमा गराउने लक्ष्य राखेको एन्फामा केही प्राविधिक काम भने बाँकी नै छ। मैदानमा गोलपोस्ट बनाउने र मैदानभित्र खेल क्षेत्रको लाइन बनाउने काम बाँकी नै छ।

यस्तै चौथो खेल पोखरा रंगशाला पनि प्रयोग आउने एन्फाले जनाएको छ। जसलाई मनाङ मर्स्याङ्दी फुटबल क्लबले घरेलु मैदानको रुपमा प्रयोग गर्ने योजनामा छ। सोही अनुसार तालिका बनाउनु पर्ने भएकाले दुई चरणका खेललाई मात्र खेल स्थल, मिति र समय तोकिएको हो।  

कोरोनाका कारण सीमित दर्शक उपस्थिति हुँदै आएको मैदानमा नयाँ सिजनको खेलमा दर्शकलाई अनुमति दिने जनाएको छ। फागुन १४ गते सम्म सञ्चालन हुने लिगमा १४ टोलीले सहभागिता जनाउँदै छन् भने दुई टोली रेलिगेशनमा घटुवा हुनेछन्। लिगमा कुल १३ चरण र ९१ खेल हुनेछन्।

प्रकाशित: Nov 07, 2021| 15:28 आइतबार, कात्तिक २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।