सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

सल्यान बस दुर्घटना अपडेट : १२ जनाको मृत्यु, तीनको सनाखत

सल्यानको खलंगाबाट दाङको तुलसीपुरतर्फ गुडिरहेको रा१ख २५५२ नम्बरको बस दुर्घटनामा मृत्यु हुनेको संख्या बाह्र पुगेको छ।
 |  आइतबार, कात्तिक २१, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २१, २०७८

सुर्खेत- सल्यानको खलंगाबाट दाङको तुलसीपुरतर्फ गइरहेको रा १ ख २५५२ नम्बरको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ। आइतबार बिहान कपुरकोट गाउँपालिकामा भएको दुर्घटनामा १० महिला र २ पुरुषको मृत्यु भएको सल्यान प्रहरीका डीएसपी गोविन्दकुमार थापाले जानकारी दिएका छन्।

triton college

दुर्घटनामा परी मृत्यु भएका मध्ये तीन जनाको सनाखत समेत भइरहेको र बाँकी मृतकको भने परिचय खुल्न बाँकी रहेको उनले बताए। उनका अनुसार मृतकमध्ये सल्यानको छत्रेश्वरी गाउँपालिका-२ का २९ वर्षीय तिलक ओली, दाङकाे घोराही उपमहानगर नारायणपुरका ६५ वर्षीया इन्द्रा अधिकारी र दाङकै बबई गाउँपालिका-६ पञ्चकुलेकी ७० वर्षीया कलावती बुढाथोकीको सनाखत भएको छ।

‘मृत्यु हुनेमा एकएक जना बालक र बालिका छन्', डीएसपी थापाले भने, ‘केहीको घटनास्थल र केही उपचारका लागि स्वास्थ्य संस्थातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।’ उनका अनुसार मृतकमध्ये अधिकांश तिहार मनाएर फर्किएकाहरु छन्। घाइतेमध्ये १७ जनाको अवस्था गम्भीर छ। यस्तै १० जना सामान्य घाइतेको जिल्ला अस्पतालसहित सदरमुकाम खलंगाको स्वास्थ्य केन्द्रहरुमा उपचार भइरहेको छ। गम्भीर घाइतेहरुलाई थप उपचारका लागि हेलिकोप्टरमा नेपालगन्ज लैजाने तयारी भइरहेको थापाले बताए। 

दुर्घटनामा २६ जना घाइते भएका छन्। घाइतेका अनुसार बस तीव्र गतिमा थियो। बस सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको थियो। घटनास्थल सदरमुकाम खलंगाबाट १ घण्टाको दुरीमा छ।

Metro Mart
vianet

प्रकाशित: Nov 07, 2021| 15:27 आइतबार, कात्तिक २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।