सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

'दोहोरीको राजा' म्युजिक भिडियोको दृश्य कथा

पछिल्लो समय म्युजिक भिडियोमार्फत कथा भन्न थालिएको छ। तीन मिनेटको गीतमा दुई मिनेट कथा थपेर पाँच मिनेटको बनाइएको पाइन्छ। गीतको मर्मलाई कतिपय अवस्थामा त कथाले पनि न्याय नै गरेको हुन्छ।
 |  सोमबार, कात्तिक २२, २०७८
nespernesper

राज सरगम

राज सरगम

सोमबार, कात्तिक २२, २०७८

काठमाडौं- पछिल्लो समय म्युजिक भिडियोमार्फत कथा भन्ने चलन बढेको छ। तीन मिनेटको गीतमा दुई मिनेट कथा थपेर पाँच मिनेटको बनाइएको पाइन्छ। गीतको मर्मलाई कतिपय अवस्थामा त कथाले पनि न्याय नै गरेको हुन्छ।

triton college

गीतको भिडियोमा कथा भन्ने शैली पुराना म्युजिक भिडियोमा पनि पाइन्छ। तर, पुराना गीतमा गीतको समयभित्र कथा भनिएको हुन्थ्यो। अहिले भने गीत सुरु हुनुअगाडि र गीत सकिएपछि कथा जोड्न थालिएको छ।

कुनै समय डाँडाकाँडा तथा खोलाको बगरमा गीत छायांकन गरिन्थ्यो। नृत्यमा केही स्टेप गरिन्थ्यो। खर्च कम लाग्थ्यो। अहिले भने अभिनय बढी हुन थालेको छ। खर्च पनि बढ्दो छ। यो ‘ट्रेन’ दर्शकले मन पनि पराएका छन्। यही ट्रेनलाई पछ्याउने क्रम बाक्लिँदो छ। चलेका गायकगायिकाले गीतभन्दा भिडियोलाई बढी महत्त्व दिन थालेका छन्। त्यसो हुँदा गीत खास हुँदैन। तर, गीतको भिडियो लोकप्रिय बन्न पुग्छ। यस्तै देख्न सकिन्छ लोकदोहोरी गायक पशुपति शर्माको ‘दोहोरीको राजा’मा। 

वालिङ स्याङ्जाका गायक शर्मा आफ्ना गीतमार्फत दर्शकलाई मनोरञ्जन मात्रै दिँदैनन् स्वावलम्बी र आत्मनिर्भरता हुन पनि सिकाउँछन्। यस्तै उदाहरणीय गीत हो, ‘मलाई अमेरिका यहीं, मलाई बेलायत पनि यही’‌।

भिडियो शब्द र भाकाभन्दा पनि कथामा केन्द्रित छ। २१ मिनेटको भिडियोमा सात मिनेट त कथा भन्नै लागेको छ। नकुल भन्छन्, ‘ऐतिहासिक कथालाई न्याय दिन खोजेर पनि कथा लामो भएको हो।’

‘लुट्न सके लुट कान्छा’ बोलको गीतको सबै भागमा उनले राज्यको दोहन गर्ने भ्रष्टाचारीलाई व्यङ्ग्य गरेका छन्। उनी आफै‌ंले अभिनय गरेको यो गीतका केही लाइन र दृश्य विवादित पनि बनेका थिए। 

Metro Mart
vianet

सान्दर्भिक समस्याहरुलाई गीतका टुक्का बनाउँदै मौलिक भाका बनाउने गायक हुन् शर्मा। तर यसपालीको चर्चित ‘दोहोरीको राजा’ बोलको गीतलाई शर्माले गाएका मात्रै हुन्। शर्माले भिडियोमा आफ्नो कुनै सहकार्य नभएको बताए।

यस गीतको शब्द, संकलन नकुल ढकाल गरेका हुन्। भिडियोमा राजाको भूमिका निर्वाह पनि उनैले गरेका छन्। गीतको शब्द र भिडियोको कथा पनि उनैले लेखेका हुन्। गए लकडाउनमा उनले केही धार्मिक किताब पढे। तिनै किताबले यो गीत फुरेको उनले बताए।

गीतले दिमाग घुमाइरहेको थियो। त्यही बेला उनले ‘महारानी’ उपन्यास पनि पढिभ्याए। सो उपन्यासमार्फत पर्वत राज्यको सांस्कृतिक पक्षबारे धेरै जानकारी थाहा पाए। अनि गीतको भिडियोको परिकल्पना पनि ऐतिहास पृष्ठभूमिकै रचना गरिएको उनी बताउँछन्।

उनी भन्छन्, ‘केही नयाँ भिडियो गर्न सोच थियो। यस काममा महारानी उपन्यासले सहयोग पुर्‍यायो। भिडियोमार्फत ऐतिहासिक कथा देखाउने प्रयास पनि गरिएको हो। जे होस् धेरैजनाले रुचाइदिनु भयो।’

भिडियो शब्द र भाकाभन्दा पनि कथामा केन्द्रित छ। २१ मिनेटको भिडियोमा सात मिनेट त कथा भन्नै लागेको छ। नकुल भन्छन्, ‘ऐतिहासिक कथालाई न्याय दिन खोजेर पनि कथा लामो भएको हो।’

गीतमा कथा भन्ने शैलीले गीतको मर्म अझ प्रभावकारी भएको बताउँछन् संगीतकार दीपक शर्मा। ‘गीतभित्रको कथालाई उठाउन भिडियो कथाले सहयोग पुर्‍याउँछ,’ उनी भन्छन्।

गीतभन्दा गीतको भिडियो बनाउनु चुनौतीपूर्ण हुने धारण छ म्युजिक भिडियो निर्देशक जिबी आग्रीको। ‘भिडियो खर्चिलो हुने भएकाले चुनौती छ। तैपनि कथालाई जोड्दा गीतको मर्म मर्दैन,’ उनी भन्छन्। 

२१ मिनेटको भिडियोमा सात मिनेट लामो कथा भनिएको छ। 

भिडियोको कुरा 

पृष्ठभूमिमा भव्य दरबार देखिन्छ। वि.सं. १७९२ मा पर्वतका राजा परमप्रतापी राजा डिम्बमद्वारा निर्मित विशाल राज्य गद्दीमा पाँचौँ पुस्ताका प्रतापी राजा शाही बम विराजमान छन्। धर्म संस्कृति र संस्कारप्रति समर्पित छन् उनी। उनै राजाको प्राङ्गणमा  मञ्चन गरिएको घटना -

दरबारको आन्तरिक डबलीमा राजारानी, सामान्त, सेवक र सुसारे छन्। सेनाको कडा सुरक्षा छ। नेपालको बाइसे चौबिसे राज्यबाट आमन्त्रित राजकुमार छन्। ती राजकुमार सांस्कृतिक मञ्चन हुने कार्यक्रममा सहभागी हुन आएका हुन्।

पर्वत राज्यकी राजकुमारी शकुनमाला जुहारीमा पारङ्गत छिन्। राजाले आफ्नो चेलीका लागि वर खोज्न यस्तै मञ्चनमा दोहोरी गीत प्रतिस्पर्धा चलाउँछन्। जसले जुहारी जित्छन् आफ्नो चेली दिने तर हारेमा राजकुमारले घरज्वाइँ बस्नुपर्ने सर्त राख्छन्, राजाले। सर्त सुनेर राजकुमारहरू डराउँछन्। कोही राजकुमार मन्जुर नभएपछि सभा समापन गर्न लाग्छन् राजा। अन्तिममा निम्तो नै नगरिएका राजकुमार घोडामा आइपुग्छन् र जुहारीमा प्रतिस्पर्धामा सहभागी हुन्छन्। सर्तअनुसार जुहारी खेल्छन्। 

हे म त कुमार अछामी राज्यको, 

परीक्षामा छु आफ्नै भाग्यको... 

गीतका शब्द कोर्दा नै स्रष्टाको मानसपटलमा दृश्य बन्दै जान्छ। यो गीत तयार गर्दा शर्माले पनि पर्वत राज्यको कल्पना पक्कै गरे होलान्। अझ भिडियोका कथालाई सार्थक पार्न निर्देशक निशान काश्यपले पनि उत्तिकै मेहनत गरेको अनुमान गर्न सकिन्छ। जसको कारण दोहोरीको राजा गीतको दृश्यमा ऐतिहासिक कथाको उठान गरियो।

यस्ता इतिहासलाई भिडियोमार्फत न्याय कति गरियो छुट्टै बहस होला। र, इतिहासलाई गीतको कथामा देखाउन खोज्नु चुनौती पनि छ। जोखिम पनि उस्तै। यस्तो म्युजिक भिडियो तयार गर्न गहिरो अध्ययन अनुसन्धानको खाँचो हुन्छ। यस्तै जोखिम मोलेका छन् गायक शर्मा र निर्देशक निशानले। इतिहासका कथालाई म्युजिक भिडियोमार्फत प्रस्तुत गर्नु भनेको इतिहासमा कलाकारलाई रुचि बढ्नु पनि हो। 

चलचित्रकर्मीहरू इतिहासमाथि फिल्म बनाउन डराइरहेका बेला लोकदोहोरी गीतको म्युजिक भिडियोमा एउटा कालखण्डको इतिहास देखाउने दुस्साहस गरेका छन् पशुपतिले। गीत हेरिसकेपछि गीत भन्दा बेजोड दोहोरीको राजा म्युजिक भिडियोको दृश्य कथा लाग्ने छ।

अञ्जली अधिकारी, लोमश शर्मा, सुरवीर पण्डित, शीतल शर्मा, आसिम शर्मा, नकुल ढकाल शोभा ढकाल लगायतको अभिनय हेर्न सकिन्छ । गीतलाई सन्तोष राजवाहकले कोरियोग्राफ गरेका छन्। उत्सव दाहालले छायांकन गरेका छन् गीतलाई निशान काश्यपको सम्पादन तथा निर्देशन रहेको छ। पशुपति शर्मालाई स्वारमा लक्ष्मी मल्लले साथ दिएकी छन्।

प्रकाशित: Nov 08, 2021| 12:51 सोमबार, कात्तिक २२, २०७८
प्रतिक्रिया दिनुहोस्