सोमबार, असार २२, २०८३

बार्सिलोना बराबरीमा रोकियो, रियल विजयी

स्पेनिस ला लिगा फुटबलमा क्याटलान क्लब बार्सिलोना बराबरीमा रोकिँदा रियल मड्रिडले जित हात पारेको छ।
 |  आइतबार, कात्तिक २१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २१, २०७८

काठमाडौं- स्पेनिस ला लिगा फुटबलमा क्याटलान क्लब  बार्सिलोना बराबरीमा रोकिँदा रियल मड्रिडले जित हात पारेको छ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले पहिलो हाफमै ३ गोलको अग्रता लियो।  दोस्रो हाफमा  ३ गोल व्यहोर्दै बराबरीमा चित्त बुझाउन बाध्य भएको थियो। 

सेल्टा भिगोको मैदानमा सुरुवाती ३ गोल  भए पनि बार्सिलोना अन्तिम समय ३-३ को बराबरी खेल्दै अंक बाँड्न बाध्य भयो। 

बार्सिलोनाका लागि अन्सु फाती, सर्जियो बुस्केट र मेम्फिस डिपाएले एक-एक गोल गरे। सेल्टा भिगोको लागि लागो आसपासले दुई तथा नोलिटोले एक गोल गरे। 

जोडी अल्वाको पासमा फातीले पाँचौं मिनेटमा गोल गर्दै अग्रता दिलाए।  कप्तान सर्जियो बुस्केटले १८ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए। ३४औं मिनेटमा मेम्फिस डिपाएले गोल गर्दै पहिलो हाफमा  ३-० को अग्रता दिलाए।

दोस्रो हाफमा घरेलु टोली सेल्टाले लगातार तीन गोल गर्‍यो। बराबरीपछि बार्सिलोना १७ अंकसहित नवौँ स्थानमा छ। सेल्टाभिगो १५औं स्थानमा छ।

शनिबार राति नै भएको खेलमा शीर्ष स्थानको रियलले रायो भालेकानोलाई २-१ गोल अन्तरले पराजित गरेको छ। 

घरेलु मैदानमा रियललाई जिताउन टोनि क्रूस र करिम बेन्जेमाले एक-एक गोल गरे। भालेकानोको लागि राडामेल फाल्काओले सान्त्वना गोल गरे। 

जितसँगै रियल १२ खेलबाट २७ अंकसहित शीर्ष स्थानमा छ। १३ खेलबाट २० अंकसहित भालेकानो छैटौँ स्थानमा रह्यो।

प्रकाशित: Nov 07, 2021| 08:00 आइतबार, कात्तिक २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।