आइतबार, कात्तिक ३०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • युरोप फेरि कोरोना महामारीको केन्द्रबिन्दु बन्यो : डब्ल्यूएचओ

युरोप फेरि कोरोना महामारीको केन्द्रबिन्दु बन्यो : डब्ल्यूएचओ

 |  शनिबार, कात्तिक २०, २०७८

एपी

एपी

शनिबार, कात्तिक २०, २०७८

काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले युरोपमा गत महिनामा कोरोना भाइरस सङ्क्रमण ५० प्रतिशतभन्दा बढी बढेको जनाएको छ। खोपको पर्याप्त आपूर्ति भइरहे पनि युरोप महामारीको केन्द्रबिन्दु बनेको टिप्पणी संगठनका अधिकारीहरुको छ। 

National life

‘युरोपमा प्रशस्त खोप उपलब्ध हुन सक्छ, तर खोपको खपत बराबर हुन सकेको छैन जसले समस्या निम्त्याएको छ। डब्ल्यूएचओका आपतकालीन प्रमुख डा. माइकल रायनले पत्रकार सम्मेलनमा भने।

उनले युरोपेली अधिकारीलाई खोपहरूमा विभेद बन्द गर्न आग्रह गरे। डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयसले  जनसंख्याको ४० प्रतिशतभन्दा बढी खोप लगाएका देशहरूले रोक्नुपर्ने बताए। उनले यसको सट्टा विकासोन्मुख देशहरूलाई उनीहरूसँग रहेको खोप प्रदान गर्नुर्नेमा जोड दिए।

‘इम्युनो–सम्झौता भएका मानिसलाई बाहेक अरू कुनै बुस्टरहरू मात्रा दिन हतार गर्नु पर्दैन’, टेड्रोसले भने। उनले खोप निर्माताहरूलाई कोभ्याक्स आपूर्तिलाई प्राथमिकता दिन आह्वान गरेका छन्। 

अझै, गरिश देशहरूले विश्वको कोभिड–१९ खोपहरूको १ प्रतिशभन्दा कम प्राप्त गरे पनि, अफ्रिका र दक्षिणपूर्वी एसियामा केसहरू गत हप्ता ९ प्रतिशले घटेको देखाएको छ।
अझै, गरिश देशहरूले विश्वको कोभिड–१९ खोपहरूको १ प्रतिशभन्दा कम प्राप्त गरे पनि, अफ्रिका र दक्षिणपूर्वी एसियामा केसहरू गत हप्ता ९ प्रतिशले घटेको देखाएको छ।

६० भन्दा बढी देशले जाडोभन्दा पहिले कमजोर प्रतिरोधी क्षमता विरुद्ध लड्न बुस्टर खुराक दिन थालेका छन्। यद्पि अर्को कोभिड–१९ लहर आउने सम्भावना अझै कायमै छ। बेलायतमा ५ देखि ११ वर्षका बालबालिकाले यस हप्ता कोभिड–१९ विरुद्धको खोप लिन थालेपछि अधिकारीहरूले जोखिमभन्दा लाभ बढी भएको टिप्पणी गरेका छन्।

Laxmi sunrise bank
kumari

यसअघि बिहीबार डब्ल्यूएचओका ५३ देशका युरोप क्षेत्रका निर्देशक डा. हान्स क्लुगेले कोभिड–१९ का बढ्दो संक्रमितको संख्या गम्भीर चिन्ताको विषय भएको बताएका थिए।

‘युरोप महामारीको केन्द्रबिन्दुमा फर्किएको छ जहाँ हामी एक वर्ष पहिले थियौं,’ डब्ल्यूएचओको कोपेनहेगन कार्यालयका क्लुगेले भने। क्लुगेका अनुसार कोरोना भाइरसबाट सङ्क्रमितको अस्पताल भर्ना दर गत हप्तामा दोब्बर भन्दा बढी भएको छ र यस्तै बढ्दै जाने हो भने महामारीबाट ययुरोपमा थप पाँच लाख मानिसको मृत्यु हुन सक्छ।

डब्ल्यूएचओ युरोपले मध्य एसियामा पूर्व सोभियत गणतन्त्रहरू जत्तिकै पूर्वसम्म फैलिएको क्षेत्रले झण्डै १८ लाख नयाँ साप्ताहिक घटनामा अघिल्लो हप्ताको तुलनामा करिब ६ प्रतिशतले वृद्धि भएको बताएको छ।

क्लुगेले यस क्षेत्रका देशहरू ‘भ्याक्सिनेशन रोलआउटको विभिन्न चरणहरूमा’ रहेको र क्षेत्रव्यापी औसत ४७ प्रतिशत मानिसलाई पूर्ण रूपमा खोप लगाइएको बताए। त्यसैगरी आठ देशहरूमा भने उनीहरूको जनसंख्याको ७० प्रतिशतलाई पूर्ण रूपमा खोप लगाइएको छ।

युरोपको कोभिड(१९ मा भएको वद्धिले लगातार पाँचौं हप्तासम्म बढिरहेको देखाएको छ। संक्रमण दर युरोपमा अहिलेसम्मकै उच्च थियो, जसले प्रति एक लाख व्यक्तिमा १९२ नयाँ सङ्क्रमण भएको देखाएको छ।

‘हामी स्पष्ट रूपमा अर्को लहरमा छौं,’ स्विडेनका प्रमुख महामारी विशेषज्ञ एन्डर्स टेगनेलले भनेका छन्। ‘महामारीको बढ्दो रूप पूर्ण रूपमा युरोपमा केन्द्रित छ।’ मध्य र पूर्वी युरोपका धेरै देशहरूले हाल दैनिक सङ्क्रमण दर बढेको देखाएका छन्।

एम्स्टर्डममा रहेको युरोपेली मेडिसिन एजेन्सीले अनलाइन ब्रिफिङमा विज्ञहरूले सबैलाई खोप लगाउन आग्रह गरेको छ। ‘युरोपमा महामारीको अवस्था अहिले धेरै चिन्ताजनक छ किनकि संक्रमण दर, अस्पतालमा भर्ना हुने र मृत्युको संख्यामा वृद्धि भएको देख्न सक्छौं,’ र्इएमएका क्लिनिकल अध्ययन र निर्माण कार्य बलका प्रमुख फर्गस स्विनीले भने। उनका अनुसार सबैलाई पूर्ण मात्राको खोप लगाउँन अनिवार्य छ किनकि यो मात्र महामारी नियन्त्रण गर्ने एक सशक्त उपाय हो।

प्रकाशित: Nov 06, 2021| 18:36 शनिबार, कात्तिक २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।