मंगलबार, वैशाख ९, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • जुम्लाको 'रैथाने' उत्पादनको संरक्षण र प्रवर्द्धन गर्दै चन्दननाथ सहकारी

जुम्लाको 'रैथाने' उत्पादनको संरक्षण र प्रवर्द्धन गर्दै चन्दननाथ सहकारी

बचत तथा ऋण लगनाीको क्षेत्रमा काम गर्दै आएको चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले जुम्लामा अर्गानिक मिनिमार्केट खोलेको छ।
 |  शनिबार, कात्तिक २०, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २०, २०७८

vianetvianet

जुम्ला- बचत तथा ऋण लगनाीको क्षेत्रमा काम गर्दै आएको चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले जुम्लामा अर्गानिक मिनिमार्केट  खोलेको छ।  वित्तिय कारोबारमा कर्णालीकै अब्बल बन्दै  गएको  यस सहकारीले जुम्लाको 'रैथाने' बालीको उत्पादनलाई बढवा दिनका लागि चन्दननाथ अर्गानिक मिनीमार्केट खोलेको हो। 

triton college

जुम्लामा उत्पादन हुने अर्गानिक अन्नबाली स्याउ, सिमी, आलु, मकै, कोदो, फापर, मार्सी धान, ओखर ,टिमुर चिनो, कागुनो, स्याउ, घिउ, महलगायतका रैथाने बस्तुको  उत्पादन बढाउने उद्देश्यले  अर्गानिक मिनी मार्केट खोलेको सहकारीका  कार्यकारी व्यवस्थापक  ऋषिराम पाण्डेले बताए। 

‘यसवर्ष असोजमा भएको अविरल वर्षले मार्सी उत्पादनमा  क्षति भएको छ। मार्सी पछिको  पछिको प्रमुख नगदेबालीका रूपमा सिमी हो’, उनले भने, ‘सिजनमै  कालो सिमी प्रतिकेजी १८० रुपैया छ।  रातो सिमी १६०, सिस्कट सिमी १६० रुपैयामा बिक्री गर्ने गरेको छ। मार्सी धानको चामल प्रतिकेजी १६० रुपैयाँ बिक्री गरिएको छ।’

यस वर्ष  यस सहकारी संस्थाले ५० लाख बराबरको मार्सी धान र सिमी खरिद गर्ने भएको छ।  ३० हजार ओखर खरिद  गरिएको छ। उनले भने चन्दनाथ सहकारीले संञ्चालन गरेको अर्गानिक मनि मार्केट सुपत पसलबाट  दैनिक एक लाख बराबरको अगार्निक बस्तु बिक्रि हुने गरेको छ।  सहकारी जुम्लामा उत्पादन हुने रैथाने बस्तु गाउगाउँमा रहेका आफ्ना सदस्यहरूबाट संकलन गर्ने गरेको छ। 

अर्गानिक उत्पादन गर्ने किसानको लागि  सहकारीले ब्याज नलिई २० हजार बराबर अनुदान दिने गरेको छ। किसानले अर्गानिक उत्पादन गरेर २० हजार बराबरको  बस्तु दिने गरेका छन्।     -न्युज कारखाना

National life insurance

प्रकाशित: Nov 06, 2021| 21:00 शनिबार, कात्तिक २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।