सोमबार, असार २२, २०८३

पूर्वखेलाडी जाभी बार्सिलोनाको मुख्य प्रशिक्षक

कतारी क्लब अल सादले सहमति जनाएसँगै प्रशिक्षक जाभी बार्सिलोना फर्कने भएका छन्।
 |  शनिबार, कात्तिक २०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २०, २०७८

काठमाडौं- कतारी क्लब अल सादले सहमति जनाएसँगै  प्रशिक्षक जाभी बार्सिलोना फर्कने भएका छन्। बार्सिलोनाका पूर्वमिडफिल्डर जाभीले बिहीबार आफ्नो क्लब भविष्यका बारेमा छिट्टै निर्णय गरिदिन अल सादलाई आग्रह गरेका थिए। त्यस आग्रहसंगै सहमति बनेपछी जाभी बार्सिलोना फर्किने पक्का भएको थियो। 

सामाजिक संजालमा क्याटलोनियन क्लब बार्सिलोनाले जाभीलाई शनिबार बिहान स्वागत गरेको छ। यससँगै अब जाभी प्रशिक्षकको भूमिकामा बार्सिलोना फर्कनेछन्। 

गत साता रोनाल्ड कोम्यान बर्खास्तगीमा परेसँगै जाभी क्याम्प नाउ भित्रने चर्चा चुलिएको थियो। बार्सिलोनाबाट जाभीले सात सय ७९ खेलमा तीन सय २५ उपाधि जितेका थिए। 

एक पटकका विश्वविजेता र दुई पटकका युरोपियन च्याम्पियनसिप विजेता जाभी सन् २०१५ मा बार्सिलोनाबाट अल साद भित्रिएका थिए। सन् २०१९ बाट जाभीले अल सादको प्रशिक्षणको जिम्मेवारी सम्हालेका थिए।

प्रकाशित: Nov 06, 2021| 15:13 शनिबार, कात्तिक २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।