शुक्रबार, कात्तिक ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

भाइ बहिनीबीचको अगाध स्नेह दर्साउने पर्व भातृद्वितिया

भाइ बहिनीको पवित्र पर्वहरूमध्ये भातृद्वितया पर्वको छुट्टै महत्त्व छ। भातृद्वितिया पर्व कात्तिक शुक्ल पक्षको द्वितीया तिथिमा मनाइन्छ।
 |  शनिबार, कात्तिक २०, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २०, २०७८

जनकपुरधाम- भाइ बहिनीको पवित्र पर्वहरूमध्ये भातृद्वितया पर्वको छुट्टै महत्त्व छ। भातृद्वितिया पर्व कात्तिक शुक्ल पक्षको द्वितीया तिथिमा मनाइन्छ। भातृद्वितयालाई यम द्वितीयाको नामले समेत चिनिन्छ। भातृद्वितया पर्वले भाइ बहिनीबीचको प्रेमलाई अझै प्रगाढ बनाउँछ। मिथिलाञ्चलमा आज बहिनीले आफ्नो भाइलाई निमन्त्रण दिई यो पर्व मनाई रहेका छन्।

triton college

मिथिलाञ्चलमा यो पर्वका दिन बहिनीले भाइको निधारमा पिठार (चामललाई पानीसँगै पिसेर बनाइएको लेदो) र सिँदुरको टिका लगाएर  उज्ज्वल भविष्यको कामना गर्ने चलन छ। भातृद्वितयाका दिन दिदीबहिनीहरूले दाजुभाइको उज्ज्वल भविष्यको कामना गर्छन्।

बहिनीहरूले सिन्दूर, पिठार, लगाएर कुभिन्डोको फूल, पानको पात, सुपारी र जल भाइको हत्केलामा राखी ‘गंगा नौतैत छथी यमुना के, हम नौतैत छी (भाइ के नाम ) भाई के, जहिना जहिना गंगा–यमुनाक धार बहए, हमर भाइ सभक औरदा बढ्ए’ अर्थात् गंगाले यमुनालाई निमन्त्रण दिइन् मैले आफ्नो भाइलाई, गंगा यमुनाको धार जस्तै भाइको आयु बढोस् भन्दै हात पखाल्छिन्। बहिनीले पूजा गरेपछि भाइले बहिनीलाई आफूले सकेको उपहार दिने र बहिनीको घरको अन्न खाने चलन छ।

भातृद्वितयामा अरिपनको विशेष महत्त्व

भातृद्वितया पर्वको क्रममा बनाइने अरिपनको विशेष महत्त्व रहेको छ। यो अरिपन षटदल कमल आकृतिको हुन्छ। पीढीको अगाडी कमलको फूल कोरिएको अरिपनमाथि कटोरा राखिएको हुन्छ। 

Metro Mart
vianet

अम्खोरामा जल राखिएको हुन्छ, जसमा पान, सुपारी, कुभिन्डोको फूल आदि राखिएको हुन्छन्। सोही अरिपनमाथि बसाएर भाइलाई पूजा गरिन्छ। दीपावली र छठपर्वको बीचमै पर्ने यो पर्वले मिथिलाञ्चलवासीको हर्षलाई अझै बढाउँछ। दीपावली पर्वलाई लिएर घर आँगन लिपपोत गरिएकै हुन्छ यद्यपि बहिनी आफ्नो भाइको स्वागतका लागि घर आँगन गाइको गोबरबाट लिपपोत गर्छिन्।

भातृद्वितयाको कथा

यो पर्वलाई लिएर एउटा कथा प्रचलित छ। भगवान् सूर्य नारायणकी पत्नीको नाम छाया हो। छायाकै गर्भबाट यमराज तथा यमुनाको जन्म भएको थियो। यमुना आफ्नो भाइ यमराजलाई अगाध स्नेह गर्थिन्। भनिन्छ यमुनाले पटक-पटक आफ्नो भाइ यमसँग निवेदन गर्थिन‍्की, आफ्नो इस्ट मित्रका साथ घर आउनका लागि। तर, आफ्नो कार्यमा व्यस्त यमराजले उनको यो निवेदनलाई टार्दै जान्थे। यसै क्रममा कात्तिक शुक्ल पक्षको द्वितीया तिथि आयो। यमुनाले सोही दिन भाइ यमराजलाई भोजनका लागि निमन्त्रण दिएर घर आउन वचनबद्ध गरिन्।

यमराजले सोचे म सबैको प्राण लिन्छु। मलाई कोही घर बोलाउन चाहँदैनन्। बहिनीले यति स्नेहपूर्वक बोलाई रहेकी छिन् भने, उसको स्नेहको मान राख्नु मेरो धर्म हो। यमराजलाई आफ्नो घर आएको देखेर यमुना औधी खुसी भइन्। यमुना स्नान र पूजा गरी विभिन्न प्रकारको व्यञ्जन भाइ यमलाई खानका लागि दिइन्। यमुनाद्वारा गरिएको आतिथ्यबाट यमराज प्रसन्न भएर आफ्नो बहिनीलाई वरदान माग्न भने।

यमुनाले भाइ यमराजलाई प्रत्येक वर्ष यो तिथिमा आफ्नो घर आउनका लागि भनिन्। मजस्तै  बहिनीले यो दिनमा आफ्नो भाइलाई आदर सत्कार गरी टीका लगाउँदा तपाइको भए नरहने बताएकी थिइन्। यमराजले तथास्तु भनेर यमुनालाई वरदान दिएर यमलोक फर्किएको धार्मिक विश्वास छ। सोही दिनबाट भातृद्वितिया पर्व मनाउने परम्परा सुरु भएको मानिन्छ।

प्रकाशित: Nov 06, 2021| 12:22 शनिबार, कात्तिक २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।