सोमबार, असार २२, २०८३

महिला यू १९ साफ च्याम्पियनसिपमा यस्तो छ नेपालको खेल

पाँच टोली सम्मिलित महिला यू १९ साफ च्याम्पियनसिप आउँदो डिसेम्बर ११ देखि २२ तारिखसम्म बंगलादेशमा सुरु हुने भएको छ।
 |  शनिबार, कात्तिक २०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २०, २०७८

काठमाडौं- पाँच टोली सम्मिलित महिला यू १९ साफ च्याम्पियनसिप आउँदो डिसेम्बर ११ देखि २२ तारिखसम्म बंगलादेशमा सुरु हुने भएको छ। प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल, भारत, भुटान र श्रीलंकाले भाग लिने निश्चित भएको हो।

अर्को महिना हुने च्याम्पियनसिपका सबै खेल ढाकास्थित वीर शेरेस्थ सहिद सिपाही मेस्तफा कमाल रंगाशालामा हुने आयोजकले जनाकारी दिएको छ। च्याम्पियनसिपमा पाँच टिमको एउटा समूहले सबै राउन्ड रोबिन शैलीमा खेल्नेछन्।

समूहको शीर्ष र दोस्रो स्थानमा रहने टिमले फाइनल खेल डिसेम्बर २२ मा खेल्नेछन्।

नेपालले पहिलो खेल नै आयोजक बंगदेशसँग नै खेल्नेछ। जुन खेल डिसेम्बर ११ मा हुनेछ। त्यस्तै, नेपालले दोस्रो खेल अक्टोबर १५ मा श्रीलंकासँग र तेस्रो खेल अक्टोबर १७ मा भुटानसँग खेल्नेछ।

समूह चरणको अन्तिम खेल अक्टोबर १९ मा भारतविरुद्ध खेल्नेछ।

यस्तो छ प्रतियोगिताको पुरातालिका

डिसेम्बर ११ : भुटान र श्रीलंका

डिसेम्बर ११ : बंगलादेश र नेपाल

डिसेम्बर १३ : बंगलादेश र भुटान

डिसेम्बर १३ : भारत र श्रीलंका

डिसेम्बर १५ : नेपाल र श्रीलंका

डिसेम्बर १५ : भारत र भुटान

डिसेम्बर १७ : बंगलादेश र भारत

डिसेम्बर १७ : नेपाल र भुटान

डिसेम्बर १९ : नेपाल र भारत

डिसेम्बर १९ : बंगलादेश र श्रीलंका

डिसेम्बर २२ : फाइनल

प्रकाशित: Nov 06, 2021| 08:46 शनिबार, कात्तिक २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।