बुधबार, भदौ ३, २०८३

तीन स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु

देशका छुट्टाछुट्टै तीन स्थानमा भएका सवारी सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ। जाजरकोट, धनुषा र काभ्रेमा भएका दुर्घटनामा परी उनीहरूको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
 |  शुक्रबार, कात्तिक १९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १९, २०७८

काठमाडौं- देशका छुट्टाछुट्टै तीन स्थानमा भएका सवारी सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ। जाजरकोट, धनुषा र काभ्रेमा भएका दुर्घटनामा परी उनीहरूको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।   

जाजरकोट जिल्ला छेडागाड नगरपालिका-१ ध्याप टाकुरास्थित सडकमा बा.०५ ख २५०१ नम्बरको मिनी ट्रक सडकबाट करिब २ सय ५० मिटर तल खसेर बिहीबार राति दुर्घटना हुँदा ट्रकमा सवार ३ जनाको घटनास्थलमै मृत्यु भएको छ। साथै दुर्घटनामा घाइते भएका चालक समेत अन्य ७ जनालाई जिल्ला प्रहरी कार्यालय जाजरकोट, ईलाका प्रहरी कार्यालय बडावन, ईलाका प्रहरी कार्यालय दशेरा र प्रहरी चौकी छेडाबाट खटिएको संयुक्त प्रहरी टोलीले उद्धार गरी उपचारको लागि सुर्खेततर्फ पठाएको छ। 

उता धनुषा, क्षीरेश्वरनाथ नगरपालिका-४ हरैयास्थित सडकमा ज ८ प ७०७२ नम्बरको मोटरसाइकललाई प्रदेश २-०२-००४ प ९०२८ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा शुक्रबार बिहान दुर्घटना हुँदा प्रदेश २-०२-००४ प ९०२८ नम्बरको मोटरसाइकल चालक महोत्तरी भमरपुरा नगरपालिका-९ बस्ने २४ वर्षीय जितेन्द्र कुमार राय यादवको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका ज.८ प ७०७२ नम्बरको  मोटरसाइकल चालक धनुषा गणेशमान चारनाथ नगरपालिका-६ बस्ने ३१ वर्षीय कृष्ण कुमार साह, मोटरसाइकलमा सवार उनकै श्रीमती २३ वर्षीया कुसुम कुमारी साह र छोरा २ वर्षीय रिहान कुमार साहको सोही अस्पतालमा उपचार भइरहेको छ। 

काभ्रे जिल्ला पाँचखाल नगरपालिका-६ तीनपिप्लेस्थित सडकमा बा ३ ख ९६८१ नम्बरको बसले बागमती प्रदेश ०२-०२२ प ९८४५ नम्बरको मोटरसाइकललाई शुक्रबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-८ बस्ने २२ वर्षीय राम थापाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

तीनै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Nov 05, 2021| 19:36 शुक्रबार, कात्तिक १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।