मंगलबार, फागुन २६, २०८२

बेलायतमा दैनिक ४१ हजारभन्दा बढी नयाँ सङ्क्रमित

योसँगै बेलायतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या ९१ लाख ७१ हजार ६६० पुगेको पनि अधिकारीले जनाएका छन्।
 |  बिहीबार, कात्तिक १८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १८, २०७८

लन्डन- बेलायतमा अझै पनि दैनिक ४१ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिने गरेका छन्। पछिल्लो एक दिनमा ४१ हजार २९९ जना नयाँ सङ्क्रमित थपिएको सरकारी अधिकारीले बुधबार जानकारी दिएका छन्। 

National life

योसँगै बेलायतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या ९१ लाख ७१ हजार ६६० पुगेको पनि अधिकारीले जनाएका छन्।

कोरोनाभाइरसका कारण बेलायतमा पछिल्लो एक दिनमा २१७ जनाको मृत्यु भएको छ। बेलायतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाको सङ्ख्या एक लाख ४१ हजार १८१ पुगेको छ।  

सरकारी अधिकारीका अनुसार बेलायतमा अहिले पनि ९ हजार ५१७ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका बिरामी अस्पतालमै रहेका छन्।

प्रकाशित: Nov 04, 2021| 21:05 बिहीबार, कात्तिक १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।