मंगलबार, फागुन २६, २०८२

तेलको मूल्य बढेपछि साइकल प्रयोगकर्ता बढे

पछिल्लो समयमा पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढ्दै गएपछि पेट्रोलियम पदार्थको आवश्यकता नपर्ने सवारी साधन साइकलको प्रयोग बढेको हो।
 |  बिहीबार, कात्तिक १८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १८, २०७८

काबुल- अफगानिस्तानको राजधानी काबुलमा साइकल प्रयोग गर्नेहरुको सङ्ख्यामा वृद्धि भएको पाइएको छ। पछिल्लो समयमा पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढ्दै गएपछि पेट्रोलियम पदार्थको आवश्यकता नपर्ने सवारी साधन साइकलको प्रयोग बढेको हो।  

National life

यसअघि अफगानिस्तानी मूल्यअनुसार ३५ पर्ने प्रतिलिटर पेट्रोलियम पदार्थको मूल्य अहिले ७६ पुगेको अधिकारीले जनाएका छन्। पछिल्लो दुईदेखि तीन महिनामा दोब्बरभन्दा बढी मूल्य वृद्धि भएकाले काबुलवासीले पेट्रोलियम पदार्थको प्रयोग घटाउन साइकलको प्रयोग बढाएका हुन्।

'पेट्रोलियम पदार्थको मूल्य बढेकाले बस तथा ट्याक्सीको भाडा पनि अत्यन्त धेरै बढेको छ, मैले त्यो मूल्य तीर्न सक्दिनँ,' स्थानीय अब्दुल क्वाडीरले भने, 'गाडी तथा ट्याक्सीको प्रयोग गर्नुको सट्टामा सम्भव भएसम्म साइकल नै प्रयोग गर्ने गरेका छौँ, नजिकै जान त हिडेर पनि जाने गरेका छौँ।'

सरकारी अधिकारीले काबुलमा पछिल्लो समयमा पैदल यात्रीको सङ्ख्या धेरै देखिएको पनि जानकारी दिएका छन्। 'पैदल यात्रीको सङ्ख्या बढेकाले पैदल मार्गमा भीडभाड पनि धेरै हुने गरेको छ,' एक सरकारी अधिकारीले भने।

साइकलको प्रयोग सस्तो हुनुका साथै स्वास्थ्यलाई पनि फाइदा गर्ने र वातावरणलाई पनि फाइदा गर्ने भएकासमेतले साइकल प्रयोगकर्ता बढेको अनुमान गरिएको छ। 

Laxmi sunrise bank
kumari

विज्ञ तथा सरकारी अधिकारीले पनि साइकलको प्रयोगका लागि प्रोत्साहन गर्ने गरेको पाइएको छ। केही ढिला हुने बाहेक साइकलको कुनै बेफाइदा नभएको विज्ञको भनाइ छ। 

पेट्रोलियम पदार्थको मूल्यअनुसार भाडादरसमेत वृद्धि भएपछि ट्याक्सीका प्रयोगकर्ता कम भएको भन्दै ट्याक्सी व्यवसायी चिन्तित भएका छन्। 

उनीहरुले पहिला पहिलाको तुलनामा अहिले ट्याक्सीका ग्राहक निकै कम पाइने गरेकाले कमाइ निकै कम हुने गरेको बताएका छन्। 

प्रकाशित: Nov 04, 2021| 20:30 बिहीबार, कात्तिक १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।